नेपालमा मानवतस्करीको अवस्था जस्ताको तस्तै रहेको अमेरिकी विदेशमन्त्रालयको रिपोर्ट


प्रकाशित मिति : असार १४, २०७५ बिहीबार

अमेरिकी सरकारको विदेश मन्त्रालयले मानव तस्करी सम्बन्धी एक रिपोर्ट सावैजनिक गर्दै नेपाल सरकारले मानव तस्करीको उन्मुलनका लागि न्युनतम मापदण्ड पूरा गर्न नसकेको जनाएको छ । तर सरकारले यसका लागि उल्लेख्य पहल भने गरेको रिपोर्टमा जनाइएको छ ।

अमेरिकी विदेशमन्त्रीले आज मानवतस्करी सम्बन्धि रिपोर्ट सार्वजनिक गरेका हुन् । रिपोर्टमा नेपालको सरकारले विगतका बर्षहरुको तुलनामा मानवतस्करीको अन्त्यका लागि पहलहरु बढाएकाले नेपाललाई टियर टु मा नै राखिएको जनाइएको छ । विगत १० बर्षको इतिहास हेर्दा अमेरिकाले नेपाललाई टियर टुमा नै राख्दै आएको छ ।

मानव तस्करीको रोकथामका लागि सरकारले सम्पूर्ण पहलहरु र नियमहरु पालना गरेको खण्डमा अमेरिकाले त्यस्ता देशलाई पहिलो श्रेणीमा राख्दै आएको छ । सरकारले पूर्णरुपमा मानवतस्करीको रोकथामका लागि काम गर्न नसकेको तर उल्लेख्य पहल गरेको खण्डमा दोश्रो श्रेणीमा राख्ने गरिएको छ । तर थप कमजोर रहेको अवस्थामा भने दोश्रो श्रेणीको वाचलिष्टमा राख्ने गरिएको छ । सरकारले मानवतस्करीको रोकथामका लागि उल्लेख्य पहल नगरेको खण्डमा तेश्रो श्रेणीमा राख्ने गरिएको छ ।

रिपोर्टमा म्यानमारको अवस्था खराब रहेको जनाइएको छ । म्यानमारसँगै चीन, सिरिया र साउथ सुडानको अवस्था पनि अत्यन्तै खराब रहेको अमेरिकी रिपोर्टमा उल्लेख छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com