अष्ट्रेलिया सरकारले पोइन्ट सिस्टममा बढायो थ्रेसहोल्ड


प्रकाशित मिति : असार १४, २०७५ बिहीबार

अष्ट्रेलिया सरकारले जेनरल स्किल्ड माइग्रेसन भिसामा परिवर्तन गर्ने भएको छ । सरकारले पोइन्ट सिस्टमको थ्रेसहोल्ड बढाउने भएको हो ।

परिवर्तन भएको नियम अनुसार, पोइन्ट सिस्टमको कट-अफ लिमिट अब ६५ हुनेछ । यस अगाडी कट-अफ लिमिट ६० रहेको थियो । यो परिवर्तन आगामी जुलाई १ देखि लागु हुने बताइएको छ । जुन ३० सम्म अप्लाइ गर्नेहरुका लागि थ्रेसहोल्ड ६० नै रहनेछ ।

यो परिवर्तनले धेरैलाई असर गर्ने माइग्रेसन एजेन्टहरुले बताइरहेका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com