अगाडि अगाडि डोनाल्ड ट्रम्प, पछाडि पछाडि हिलारी


प्रकाशित मिति : कार्तिक २४, २०७३ बुधबार

 

अमेरिकी राष्ट्रपतिय चुनावको प्रारम्भिक मत परिणाम सार्वजनिक भइरहँदा रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पले डेमोक्रेटिक उम्मेदवार हिलारी क्लिन्टनलाई उछिनेका छन् ।

डोनाल्ड ट्रम्पले अहिलेसम्म १६७ इलेक्टोरल मत प्राप्त गरिसकेका छन् भने हिलारीले १०९ इलेक्टोरल मत प्राप्त गरेकी छिन् ।

डोनाल्ड ट्रम्पले टेक्सासका ३८ र ओहायोका १९ इलेक्टोरल मत सहित १६७ इलेक्टोरल मत प्राप्त गरेका छन् ।

त्यस्तै हिलारी क्लिन्टनले इलिनोयका २० र न्युयोर्कका २९ इलेक्टोरल मत सहित १ सय ९ इलेक्टोरल मत प्राप्त गरेकी छिन् ।

फ्लोरिडा, मिसिगन जस्ता राज्यहरुमा पनि अहिलेसम्म डोनाल्ड ट्रम्प नै अगाडि रहेका छन् ।

screen-shot-2016-11-09-at-9-21-41-am
तस्विर: सीएनएन

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com