मेलबर्न र सिड्नी विश्वका सुरक्षित सहरको सूचीमा


प्रकाशित मिति : असार १३, २०७५ बुधबार

अष्ट्रेलियाका मूख्य सहरहरु मेलबर्न र सिड्नी विश्वका सुरक्षित सहरको सूचीमा परेका छन् । इकोनोमिक’स सेफ सिटिज इन्डेक्सका अनुसार, अष्ट्रेलिया प्रमुख सहरहरु सुरक्षित सहरको सूचीमा आएका हुन् ।

स्वास्थ्य स्थिति, भौतिक पूर्वाधारको सुविधा, आम्दानी, जीवनशैली, हावापानी, व्यक्तिगत सुरक्षा आदिको आधारमा सूची तयार गरिएको बताइएको छ । विश्वका प्रत्येक सहरलाई १०० पूर्णाङ्क राखेर मूल्यांकन गरिएको हो । जसमा ८९.८० अंक सहित जापानको टोक्यो सहर विश्वकै सबैभन्दा सुरक्षित सहर बनेको छ ।

अष्ट्रेलियाको मेलबर्न सहर ८७.३० अंक सहित पाँचौं स्थानमा र सिड्नी सहर ८६.७४ अंक सहित सातौँ स्थानमा आएको छ ।

यस्तो छ सूची :

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com