एकमहिनामा १२ जना नेपालीलाई अमेरिकाको विद्यार्थी भिसा !


प्रकाशित मिति : असार १३, २०७५ बुधबार

अमेरिकाको विद्यार्थी भिसाका लागि आवेदन दिने नेपालीहरुका संख्या निकै ठूलो छ भने भिसा पाउने नेपालीहरु असाध्यै कम छन् । सन् २०१८ को जनवरीदेखियता मेसम्म ५ सय २७ जना नेपालीहरुलेमात्र अमेरिकाको विद्यार्थी भिसा पाएका छन् । कुनै महिनामा त अमेरिकाको विद्यार्थी भिसा पाउने नेपालीहरुको संख्या जम्मा १२ समेत रहेको छ ।

मे महिनाको तथ्यांक हेर्दा अमेरिकाको विद्यार्थी भिसा पाउने विद्यार्थीहरुको संख्या ३५८ पुगेको छ । जबकी अप्रिल महिनामा जम्मा ६९ जना नेपालीहरुले अमेरिकाको विद्यार्थी भिसा प्राप्त गरेका थिए । मार्च महिनाको तथ्यांक हेर्दा जम्मा १२ जना नेपालीहरुलेमात्र अमेरिकाको विद्यार्थी भिसा पाएका छन् । जसमा काठमाडौंमा रहेको दूतावासले ११ जनालाई विद्यार्थी भिसा वारी गरेको थियो । फरबरी महिनामा जम्मा १३ जना नेपालीहरुले अमेरिकाको विद्यार्थी भिसा पाएका थिए भने जनबरीमा अमेरिकाको विद्यार्थी भिसा पाउने नेपालीहरु ७५ जना रहेका थिए ।

गैर आप्रवासी भिसामा नेपालीहरुले सबैभन्दा धेरै प्राप्त गर्ने भिजिटर र बिजनेश अर्थात् बी क्याटेगोरीको भिसा हो । त्यसपछि विदार्थी भिसा पाउने गरेका छन् । विद्यार्थीहरुका डिपेन्डेन्टहरुले पनि एफ टु क्याटेगोरीको भिसा पाएर अमेरिका आउने गरेका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com