मध्यराती बौद्धमा लफडा गर्दा सशस्त्रका एसपीमाथि कुटपिट !


प्रकाशित मिति : असार १२, २०७५ मंगलबार

राजधानीको बौद्धस्थित बौद्ध गेट अघिल्तिर रक्सीले मातेर लफडा गर्दा सशस्त्र प्रहरी बलका एसपी गोपाल गुरुङले कुटाई खाएका छन् । आईतबार राती साँढे ११ बजेतिर गुरुङसहित अन्य चारजना मदिरा सेवन गरेर मुल सडकमा पिसाव फेर्न लागेपछि स्थानीयले उनीहरुलाई लखेटेर कुटपिट गरेका थिए ।

‘स्थानीयले लखेटेपछि भाग्ने क्रममा हाम्रो प्रहरी टोलीले उक्त समुहलाई नियन्त्रणमा लिएको थियो’ महानगरीय प्रहरी वृत्त बौद्धका डीएसपी श्याम राईले भने, ‘रातीनै मेडिकल गरेर परिचयपत्रको फोटोकपी राखेर छाडिदिएका हौं ।’

स्थानीय युवाहरुले लखेटेपछि भाग्ने क्रममा प्रहरी र स्थानीयले एसपी गुरुङको समुहमाथि हातपात गरेको बताइएको छ । आईतबार राती ड्युटीमा खटिएको महानगरीय प्रहरी वृत्त बौद्धका इन्सपेक्टर भुपेन्द्र गिरी कमाण्डको टोलीले समेत एसपी गुरुङलाई कुटपिट गरेको प्रहरी स्रोतले जानकारी दिएको छ । तर, बौद्धको डिएसपी राईले प्रहरीले गुरुङमाथि हातपात नगरेको दाबी गरेका छन् ।

‘उँहाहरु दौडिँदा सुनको सिक्री खसेको रहेछ’ डिएसपी राईले भने, ‘सशस्त्रको एसपी हुँ भनेपछि मेडिकल गराएर पठाएका हौं ।’

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

सीमा शुरक्षा कार्यालय सिराहाको प्रमुखको रुपमा कार्यरत गुरुङ विदामा काठमाडौं आएका थिए । उनी कुटपिटबाट घाइते भएको र उपचार गराइरहेको बताइएको छ । यसबारे उनको प्रतिक्रिया लिन खोज्दा सम्पर्क हुन सकेन ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com