सिंगापुरमा यस्तो छ प्रचण्ड पत्नी सीताको अवस्था


प्रकाशित मिति : असार १२, २०७५ मंगलबार

नेपाल कम्युनिष्ट पार्टी (ने क पा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको स्वास्थ्यमा सुधार आएको छ ।

उनले सिंगापुरको माउण्ट एलिजाबेथ अस्पतालका डाक्टरसँगको निगरानीमा वाटर थेरापी र औषधी लिइरहेको छोरी गंगा दाहालले जानकारी दिइन् ।

बुवा प्रचण्डसँगै आमाको उपचारका लागि सिंगापुर गएकी गंगा भने आइतबार नेपाल फर्किसकेकी छन् । सबै कुराको परीक्षणपछि डाक्टरले वाटर थेरापी र प्रत्यक्ष निर्देशनमा औषधी सेवन गर्ने सल्लाह दिएको गंगाले बताइन् ।

सीताको उपचारका लागि एक हप्ता पहिले सिंगापुर गएका प्रचण्ड अर्काे हप्ता मात्र स्वदेश फर्कनेछन् । डाक्टरले अझै एक हप्ता थप अबजरवेसनमा राखेर उपचार गर्नुपर्ने सल्लाह दिएपछि प्रचण्डको बसाई लम्बिएको हो । आफूले बुवालाई फर्कन भनेपनि ‘बरु तिमीहरु फर्क’ भन्दै बसेको गंगाले बताइन् ।

२०३५ सालदेखि निरन्तर पूर्णकालिन कार्यकर्ता भएर प्रचण्ड राजनीतिमा सक्रिय छन् । उनको राजनीतिक यात्रामा पत्नी सीता र परिवारले पनि सँधै साथ दिएको थियो । प्रचण्डले परिवारलाई पर्याप्त समय दिन सकेका थिएनन् । तर, पछिल्लो समय प्रचण्डले परिवारलाई पनि समय दिन थालेका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com