नेता मीनबहादुर विश्वकर्माले भने,- चीनबाट मान्छे चढ्ने रेल हैन, खेलौना रेल आउला !


प्रकाशित मिति : असार १२, २०७५ मंगलबार

नेपाली कांग्रेसका नेता मीनबहादुर विश्वकर्माले ठोस आधार नभइ चीनबाट नेपालमा रेल आउन नसक्ने टिप्पणी गरेका छन् । फाइदा नहुने रेलमा चीनले लगानी गर्दैन ।

नेपाली रेडियो नेटवर्कमा सोमबार बिहान पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता विश्वकर्माले चीनबाट नेपाल आउने रेलको लागत अत्यन्तै महँगो हुने बताए । ‘डोस आधार नभइ चीनबाट रेल नेपाल आउन सक्दैन’, उनले भने, ‘भौगोलिक विकटताका कारण रेल ल्याउन कठिनाइ रहेको छ ।’

प्रधानमन्त्री ओलीप्रति व्याङ्ग्य गर्दै कांग्रेस नेता विश्वकर्माले भने, ‘चीनबाट मान्छे चढ्ने रेल आउन वर्षौं लाग्छ । खेलौना रेल आउला !’ रेल ल्याउँदा सुरुङ निर्माण गर्नुपर्ने बताएका विश्वकर्माले भने, ‘चीनले बजार, आर्थिक सम्भावना लगायतका कुरा नबुझेर रेलमा लगानी गर्दैन । चीन धेरै बाठो छ ।’

कांग्रेस नेता विश्वकर्माले रेल नेपालको आवश्यक्ता भए पनि चीनबाट आउने रेलबाट नेपाललाई के फाइदा हुन्छ भनेर पनि ध्यान दिनुपर्ने बताए ।

नेपालको अहिले आवश्यक्ता भनेको गाउँगाउँलाई जोड्नो सडक र बाटोहरू रहेको बताए । प्रधानमन्त्री ओलीले रेलको विषयलाई नारा र हसिमजाक मात्रै बनाएको उनले आरोप लगाए ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com