मुग्लिन–नारायणगढ सडकमा पहिरोको ओइरो, जोखिमपूर्ण यात्रा


प्रकाशित मिति : असार १२, २०७५ मंगलबार

नारायणगढ–मुग्लिङ सडकखण्डको स्तरोन्नतिको क्रममा ३३ दशमलब २ किलोमिटर सडकमा प्रथम चरणको कालोपत्रे भइसकेको छ । कालोपत्रे भएस“गै सवारीसाधन सहज तरिकाले संचालन भइरहेको छ । तर, यस सडकखण्डमा जोखिम भने घटेको छैन । सडक खण्डमाथिबाट झर्ने पहिरोले बाटो अवरुद्ध बन्ने र दुर्घटना हुने जोखिम कायमै छ ।

देशकै लाइफलाइनको रुपमा रहेको नारायाणगढ मुग्लिङ्ग सडकखण्ड बिस्तारको काम अहिले अन्तिम चरणमा रहेको छ । अहिले सम्ममा करिब ९४ प्रतिशत काम सम्पन्न भइससकेको छ । जेठ १८ सम्मकाम सम्पन्नगर्नुपर्ने सडकको अबथोरै काममात्रै बाकी रहेको छ । सडक कालोपत्रै भएसँगै अहिले उक्त सडकखण्ड हुदै यात्रा गर्न सहजभएको छ । सडक सहज भए पनिपहिरोको जोखिमभने उच्च रहेको छ ।

सुख्खायाममा सुख्खापहिरो र बर्खामा पहिरोको उच्चजोखिममा रहेको उक्त सडकखण्डमा सडकको स्तरउन्नतीको लागि पहाड र चट्टान काटिएकोले पनि पहिरोको जोखिम बढी रहेको छ । उक्त सडक खण्डमा ३२ स्थानलाई पहिरोको उच्चजोखिमको क्षेत्र निर्धारण गरिएको थियो । उक्त क्षेत्रमा पहिरो रोकथामको लागि २१ स्थानमा बायो इन्जिनियरिङ्गको कामभइसकेको छ भने अन्य ११ स्थानमा अहिले पहिरो रोकथामको कामचलिरहेको छ । ११ स्थानमा पहिरोको जोखिम न्युनिकरण १४ करोडको ठेक्कामा जुट नेटिङ्ग , रक नेटिङ्ग , रक बोल्टिङ्गलगायतको कामचलिरहेको र असार अन्तिमसम्मकाम सकिने नारायणगढ मुग्लिङ्ग सडक आयोजनाका सुचना अधिकारी इन्जिनियर शिवखनालले जानकारी दिए ।

पानी पर्न सुरु भइसक्दा पनि पहिरो रोकथामको काम अझै नसकिएकोले यस बर्ष पनि नारायणगढ मुग्लिङ्ग सडक खण्ड अन्तर्गत बिभिन्न स्थानमापहिरो खस्ने सम्धावना उच्च रहेको छ । पहिरो रोकथामको कामका लागि मात्रै करिब १४ करोडको ठेक्का सम्झौता भएर काम हुदै आएको छ । पहिले पहिरो सस्ने गरेको स्थानभन्दा नयाँ ठाँउमा पहिरो खस्न सक्ने जोखीम रहेकोे चितवनका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेत बताउ“छन् ।

सडक बिस्तारका लागि पहाड र चट्टान फुटाएर काम गरेसँगै नारायणगढ मुग्लिङ्ग सडकखण्डमा पहिरो खस्न थालेको हो । सडकबिस्तारको काम हुनुअघि उक्त सडकखण्डमा खासै पहिरो खसेको थिएन । सडकबिस्तारको काम सुरु भएयता अहिले सम्म पहिरो खसेर १९ वटा यातायातका साधनमा क्षति पुगेको छ भने १० जनाको मृत्यु अनि १३ जना घाइते भएका छन् । पहिरोमा परेर ३ जनाप्रहरीको समेत मृत्यु भएको र १ जनाप्रहरी र प्रहरीको एउटा गाडीसमेत पहिरोमा परेर त्रिशुलीमा हराइरहेको र हालसम्मपनि फेलानपरेको जिल्लाप्रहरी कार्यालय चितवनका प्रवक्ता शिवशर्मा आचार्यले जानकारी दिए ।

पहिराका कारणले उक्त सडकखण्डमा घण्टौसम्मजाममा परेर यात्रु र सवारीचालकले सास्ती खेप्नु परेको छ । यात्रुहरु उनीहरु जोखिम मोलेरै भएपनि यात्रागर्न बाध्य छन् । यो बर्षातमा पनि यात्रुहरुले जोखिम मोलेर यात्रा गर्न पर्ने अवस्था देखिएको छ । पहिरो रोकथामका लागि विभिन्न काम भएको भए पनि पहिरोको जोखिमभने यथावत नै रहेको छ । यसतर्फ सम्वन्धित निकाएको ध्यान जान जरुरी छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com