अष्ट्रेलियाको मेलबर्नमा भव्य शैक्षिक मेला: विद्यार्थीहरुको लागि विशेष छुट सहित सम्पूर्ण जानकारी एकै ठाउँमा


प्रकाशित मिति : असार १२, २०७५ मंगलबार

अष्ट्रेलियामा पढाइ, बसोवास र भिसा समबन्धी अलमलमा परेका विद्यार्थीले अब एकै ठाउँबाट सबै जिज्ञासा र दुविधा मेट्न सक्ने भएका छन् । २००३ मा स्थापना भएर, विद्यार्थीहरुको गुणस्तरीय शिक्षा तथा अष्ट्रेलिया बसाईमा सहयोग गर्दै आएको एक्स्पर्ट एजुकेसन एण्ड भिसा सर्भिसेजले यो अवसर जुराइदिने भएको हो ।

एजुकेसन एण्ड भिसा सर्भिसेजको कार्यालयको प्रांगणमा बुधबार ‘एक्स्पर्ट एजुकेशन एण्ड माइग्रेसन मेला ‘ हुने भएको छ । उक्त मेलामा एसियू, यूनिभर्सिटि अफ टास्मेनिया, चाल्र्स स्टट यूर्निभर्सिटि, टोरेन्स् यूनिभर्सिटि, फेडरेसन यूनिभर्सिटि, साउदन क्रस यूर्निभर्सिटि, मेल्वर्न पोलिटेक्निक, बक्सहिल इन्सिच्यूट, एमआइटी, होल्मर्स इन्सिच्यूट, मेन्जिस इन्सिच्यूट, केन्ट इन्सिच्यूट, एक्नलेज्ड् एजुकेसन लगायत प्रोफेसनल एयर्स र नाटी कोर्सेस प्रोभाइर्डस्हरु जस्तै प्रभर्मेन्स एडुकेसन, मोनास कलेज, इसीए, आरर्क र स्वाथ्य बीमा प्रोभाइर्डस्हरुमा अष्ट्रेलियन यूर्निटि, मेडिब्याङ्क, एएचएम ओएसएचसी, बूपाको सहभागिता रहने छ । विद्यार्थीहरुले ती युनिभर्सिटी तथा कलेजका प्रतिनिधिसंग एक/एक गरि कुराकानी गर्न सक्नेछन् । जसले गर्दा विद्यार्थीहरुले युनिभर्सिटी तथा कलेजको सम्पूर्ण जानकारी, छात्रवृत्ति तथा अन्य सुविधाको जाकारी लिन पाउनेछन् ।

त्यसैगरी 489 & 190 को भिषाको बारेमा, रिजनल एरिया अर्थात् डारबिन, क्याबेरा, एडिलेड, टास्मेनिया पढ्न जाँदा भिषा थप्न र पीआरकोलागि कसरी सजिलो हुन्छ र त्यहाँ पढ्दाको फाइदाहरुको बारेमा पनि यस फेयर मार्फत विद्यार्थीहरुले जानकारी पाउन सक्नेछन् । मेलामा पीटिई क्लास, यसको टिप्स र ट्रिक्सको बारेमा पनि जानकारी समेत दिइनेछ ।

बुधबार दिउँसो १२ बजे देखि सूरु हुने यस मेलामा सहभागीहरुको लागि हलुका खाजाको व्यवस्था समेत गरिएको छ । मेलामा पहिलो ५० भिजिटरलाई विशेष प्राथमिकता पनि दिइएको छ । विशेष प्राथमिकतामा आई प्याड देखि लिएर ५० मूभि टिकेट, कपी, गुड्डी ब्याक्स तथा अन्य विभिन्न अफर पनि रहेका छन् ।

Himalayan Kangroo

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com