दलाललाई लाखौं तिरेर गैरकानुनी सिमापारबाट नेपालीहरु अमेरिका आउने क्रम कमी


प्रकाशित मिति : असार १२, २०७५ मंगलबार

गैरकानुनी रुपमा सिमा पार गरेर अमेरिका छिरेर एसाइलम गर्न खोज्नेलाई गैरकानुनी सिमापारको अपराधको अभियोग लगाउन थालिएपछि दलाललाई लाखौं तिरेर गैरकानुनी सिमापारबाट नेपालीहरु अमेरिका आउने क्रम ह्वात्तै घटेको छ । दलाललाई ५० लाख रुपैयासम्म बुझाएर नेपालीहरु मेक्सिकोको बाटोहुँदै अमेरिका आउने क्रम सन् २००९ देखि सन् २०१७ सम्म चरमोत्कर्षमा पुगेको थियो ।

अमेरिका प्रवेश गर्ने आधिकारिक नाका पोर्ट अफ इन्ट्रीमा आएर एसाइलम दावी गर्नेहरुलाई मात्र एसाइलमको पकृयामा लगिने तथा गैरकानुनी रुपमा सिमाबाट छिर्नेलाई अपराधको अभियोग लगाइने भएपछि नेपालीहरु लुकिछिपी सिमाबाट अमेरिका छिर्ने क्रम घटेको हो ।

नेपालमा पहिलेजस्तो माओवादी युद्ध पनि नभएको र खास खतराजन्य अवस्था पनि नरहेका कारण विभिन्न भिसामा अमेरिका आएर नेपालीहरुले एसाइलम अफिसमा एसाइलमका आवेदन दिने क्रममा पनि कमी आएको छ । एकपछि अर्को गर्दै एसाइलमका नियममा आएको परिवर्तन र पछि आवेदन दिनेहरुलाई फटाफट अन्तरवार्ता दिएर केस टुंगो लगाउने ट्रम्प प्रशासनको नीतिका कारण नयाँ आवेदकले एसाइलम पेन्डिङका आधारमा अमेरिकामा वर्क परमिट पाउन पनि असहज बन्दै गएको छ ।

यसबारेको थप रिपोर्ट खसोखासको आगामी अंकमा प्रकाशित हुनेछ । आगामी अंकदेखि खसोखास काठमाडौं, बुटवल र पोखरामा पनि उपलब्ध हुनेछ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com