बाटो नै नभएको जग्गाको मूल्यांकन प्रतिआना ५ लाख


प्रकाशित मिति : असार १२, २०७५ मंगलबार

काठमाडौं – महानगरपालिकाले राजस्व असुलीको महत्वकांक्षी लक्ष्य पूरा गर्न बाटो नै नभएको जग्गाको पनि प्रतिआना ५ लाख मूल्य निर्धारण गरी कर उठाउने निर्णय गरेको छ ।

सम्पत्ति कर प्रयोजनका लागि जग्गाको मूल्य बढाएर प्रतिआना ६० लाख रुपैयाँसम्म पुर्याएको महानगरपालिकाले बाटो नै नभएको जग्गाको पनि प्रतिआना ५ लाख रुपैयाँ मूल्य निर्धारण गरेको हो ।

आगामी आर्थिक बर्षका लागि बजेट सार्वजनिक गर्दै महानगरपलिकाभित्र पर्ने सबै ठाउँको मूल्य निर्धारण गरेको छ । आजको कारोबारको पहिलो पृष्ठमा समाचार छापिएको छ ।

महानगरपालिकाका अनुसार, अब ठमेल, क्षेत्रपाटी, असन, भोटाहिटी, जमल, दरबारमार्ग, हात्तीसार, कमलादी, पुतलिसडक, माइतीघर, सुन्धारा र त्रिपुरेश्वर क्षेत्रमा मूल सडकमा जग्गा भएका जग्गाधनीहरुले प्रतिआना ६० लाखका दरले सम्पत्ति कर बुझाउनुपर्नेछ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com