नर्सिङ लाइसेन्समा ५० प्रतिशत अनुत्तीर्ण
प्रकाशित मिति : असार १२, २०७५ मंगलबार
![](https://i0.wp.com/www.khasokhas.com/wp-content/uploads/2018/06/essay-writing-process.jpg?fit=589%2C392&ssl=1)
काठमाडौ। नेपाल नर्सिङ परिषदले लिएकोे नाम दर्ता प्रमाणपत्र (लाइसेन्स) परीक्षामा करिब ५० प्रतिशतभन्दा बढी नर्स असफल भएका छन् । नेपाल नर्सिङ काउन्सिलकी रजिष्ट्रार लक्ष्मी राईले दिनुभएको जानकारी अनुसार शनिबार लिएको नर्सिङ लाइसेन्स परीक्षामा ४९.७८ प्रतिशत नर्स मात्र उत्तीर्ण भएका छन् ।
रजिष्ट्रार राईका अनुसार लाइसेन्स परीक्षामा सहभागी एकहजार ८११ जना नर्समध्ये ८५५ जना मात्र उत्तीर्ण भएका हुन् । नर्सिङ विषयमा अध्ययन सकिसकेपछि परिषदले लाइसेन्स परीक्षा लिने गरेको छ । चार महिना अघि लिएको परीक्षामा भने ८० प्रतिशत नर्स पास भएका थिए । यो खबर आजो गोरखापत्रमा छापिएको छ ।