भारतीय भन्दै बीबीसीले देखायो नेपाली र श्रीलंकन नोट, नेपाली आक्रोशित


प्रकाशित मिति : कार्तिक २३, २०७३ मंगलबार

विश्वविख्यात संचारमाध्यम बीबीसीले आफ्नो समाचारमा नेपाली नोटलाई भारतीय नोट भन्दै देखाएको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मंगलबार राति देखि एक हजार र पाँचसय दरका पुराना भारतीय नोट नचल्ने घोषणा गरेको समाचारमा बीबीसीले यस्तो गम्भीर गल्ती गरेको हो ।

स्पष्टसाथ नेपाल राष्ट्र बैंक लेखिएका पाँचसय दरका नेपाली नोट देखाउँदै बीबीसीले समाचार प्रशारण गरेको थियो ।

प्रधानमन्त्री मोदीले राष्ट्रको नाममा बिशेष सम्बोधन गर्दै पुराना हजार र पाँच सयका नोट बैंक वा हुलाक कार्यालयहरुमा जम्मा गर्न सकिने र डिसेम्बर ३० सम्ममा नोटहरु साटिसक्नु पर्ने घोषणा गरेको समाचार बीबीसीमा प्रशारण भएको थियो ।

बीबीसीले ट्वीटरमा शेयर गरेको समाचारमा भने भारतीय भन्दै श्रीलंकाका नोटहरु देखाइएको छ । यसैबीच बीबीसीले आफ्नो गल्ती स्वीकार्दै त्यसलाई सुधार्ने जनाएको छ ।

screen-shot-2016-11-08-at-11-32-08-pm

screen-shot-2016-11-08-at-11-23-23-pm

14947536_10211299480227309_724673429069120068_n

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com