विश्वकप फुटबलमा आजदेखि एउटै समयमा २–२ खेल, यस्तो छ रहस्य


प्रकाशित मिति : असार ११, २०७५ सोमबार

रसियामा जारी २१ औं संस्करणको फिफा विश्वकप फुटबलमा आजदेखि दैनिक चारवटा खेल हुँदैछन् ।

यसअघि हरेक दिन तीनवटा खेल खेलाइएको थियो । तर समुहचरणका अन्तिम खेल सुरु भएसँगै दैनिक चारवटा खेल खेलाउन लागिएको हो ।

चारवटा खेलमध्ये पनि एउटै समयमा दुई दुईवटा खेल हुँदैछन् । समुह चरणबाट अन्तिम १६ मा कुन कुन टिम पुग्छन् भन्ने आजबाट टुङ्गो लाग्दैछ ।

हरेक समुहका खेलमा प्राय एउटा खेलको नतिजाले अर्को खेललाई प्रभावित पार्न सक्ने भएकाले एउटै समयमा दुई दुईवटा खेल खेलाउन लागिएको हो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

एउटै समुहमा रहेका चार टिम एउटै समयमा खेल्नेछन् । फरक फरक समयमा खेलाउँदा पहिलो खेलको नतिजाअनुसार दोस्रो खेलको रणनीति परिवर्तन हुने वा म्याच फिक्सिङसमेत हुन सक्ने भएकाले एउटै समयमा दुई खेल खेलाउन लागिएको हो ।

जस्तो ः आज हुने दोस्रो समयको खेलमा समूह बी का पोर्चुगल र इरान आमने सामने हुनेछन् । त्यही समयमा स्पेन र मोरक्को खेल्दैछन् । यो खेलमा विजयी हुने टोली अन्तिम १६ मा प्रवेश गर्नेछ ।

पहिलो खेलमा पोर्चुगललाई इरानले हराएको खेलमा पोर्चुगल अन्तिम १६ मा पुग्नका लागि अर्को खेलमा स्पेनले हार्नुपर्ने हुन्छ । यस्तो अवस्थामा अस्वभाविक खेलेर नतिजा बदलिन सक्ने भएकाले एउटै समयमा दुई वटा खेलाउन लागिएको हो ।

समूह चरण तेस्रो तथा अन्तिम राउन्ड अन्तर्गत आज हुने पहिलो खेलमा समूह ‘ए’ मा रहेका साउदी अरब र इजिप्टबीच प्रतिस्पर्धा हुँदैछ । खेल भोल्गोग्राड एरिना रंगशालामा नेपाली समयअनुसार बेलुका ७ः४५ बाट सुरु हुनेछ ।

दुवै राष्ट्र प्रतियोगिताबाट बाहिरिसकेकाले यो खेल प्रतिष्ठाको लडाइ मात्र हुनेछ । साउदी अरब पहिलो खेलमा आयोजक रूससँग ५–० तथा दोस्रो खेलमा उरुग्वेसँग १–० ले पराजित भएको थियो। इजिप्ट भने पहिलो खेलमा उरुग्वेसँग १–० र रसियासँग ३–१ ले स्तब्ध भएको थियो। समूह ‘ए’ बाट रसिया र उरुग्वे अन्तिम १६ मा प्रवेश गरिसकेका छन् ।

आजै हुने अर्को खेलमा बेलुका ७ः४५ मा समुह ‘ए’ कै उरुग्वे र रसिया भिड्नेछन् । सो खेल समारा एरिना रंगशालामा हुनेछ । यी दुई टोलीबीचको खेलपछि समूहको विजेता र उपविजेताको टुंगो लाग्नेछ ।

त्यस्तै मोर्डोभिया एरिना सारांस्क रंगशालामा हुने अर्को खेलमा राती ११ः४५ मा समूह बी का पोर्चुगल र इरान आमने सामने हुनेछन्। पोर्चुगलले पहिलो खेलमा स्पेनसँग ३–३ को बराबरी र दोस्रो खेलमा मोरक्कोलाई १–० ले पराजित गरेको थियो ।

इरान भने पहिलो खेलमा मोरक्कोसँग १–० र दोस्रो खेलमा स्पेनसँग समान १–० ले हारेको थियो। यो समूह बाट मोरक्को बाहिरिसकेको छ भने स्पेन र पोर्चुगल र इरान मध्ये एक टोली यो खेलपछि बाहिरिने छन् ।

यता सोही ११ः४५ मै कालिनिन्गराड रंगशालामा हुने अर्को खेलमा स्पेन र मोरक्को खेल्दैछन् । यो खेलमा विजयी हुने टोली अन्तिम १६ मा प्रवेश गर्नेछ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com