३१ वर्षका भए लियोनल मेस्सी,अन्तर्राष्ट्रिय फूटबलबाट सन्यास नलिने


प्रकाशित मिति : असार ११, २०७५ सोमबार

अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीले विश्वकप नजितेसम्म अन्तर्राष्ट्रिय फूटबलबाट सन्यास नलिने बताएका छन् ।

लगातार एक विश्वकप र दुई कोपा अमेरिका फूटबल प्रतियोगिताको फाइनलमा पुगेर पनि उपाधिबाट बञ्चित भएपछि निराश बन्दै संन्यास घोषणा गरेका मेस्सी फेरि टीममा फर्किएका थिए ।

रुसमा जारी विश्वकपमा पनि अर्जेन्टिनाले खराब प्रदर्शन गरिरहेको छ । यसै प्रतियोगितापछि मेस्सीले सन्यास लिने अडकलबाजी भइरहेका बेला उनले विश्वच्याम्पियन नबनेसम्म संन्यास नलिने प्रस्ट पारेका हुन् ।

आइतबार आफ्नो ३१ औं जन्मोत्सव मनाएका मेस्सीले भनेका छन् -मैले सारा महत्त्वपूर्ण ट्रफी जितेँ, विश्वकप भने आजसम्म महत्त्वाकांक्षामै सीमित भएको छ । म मेरो देशको प्रतिनिधित्व गर्दै विश्वकप ट्रफी नउचालेसम्म सन्यास लिन्नँ ।’

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

विश्वकप ट्रफी उचाल्ने सपनाका कारण पनि आफू भावुक बनेको उनको प्रतिक्रिया छ ।

मेस्सी नेतृत्वको अर्जेन्टाइन टीम रुस विश्वकपमा कठिन परिस्थितिमा छ । आइसल्याण्डसँग बराबरी र क्रोएसियासँग लज्जास्पद् हार बेहोरेको अर्जेन्टिना अघिल्लो चरणमा जान नाइजेरियासँगको खेल जित्नै पर्ने दबाब छ ।

अझै आइसल्याण्डले क्रोएसियालाई हराएको खण्डमा उसले भन्दा २ गोल बढी अन्तरले नाइजेरियालाई हराउनुपर्ने हुन्छ ।

क्रोएसियासँगको हारपछि स्तब्ध बनेको अर्जेन्टिनाका खेलाडी शनिबार र आइतबार निकै हँसिलो मुद्रामा अभ्यासमा सहभागी भएका छन् ।

अन्तर्राष्ट्रिय मिडियाहरूले जनाएअनुसार मेस्सी आफैँ साथी खेलाडीहरूलाई हसाउनमा केन्द्रित छन् । टीममा उत्साह भरेर मात्र खेल जित्न सकिनेमा सबैको एकमत देखिएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com