विश्वकपः इङग्ल्यान्ड, कोलम्बियाको शानदार जित
प्रकाशित मिति : असार ११, २०७५ सोमबार
![](https://i0.wp.com/www.khasokhas.com/wp-content/uploads/2018/06/102186131_eng_fans.jpg?fit=660%2C371&ssl=1)
विश्वकप फुटबल अन्तर्गत आइतवार राति सम्पन्न पहिलो खेलमा इङग्ल्यान्डले शानदार जित हासिल गरेको छ।
यो विश्वकपको अहिलेसम्मकै ठूलो गोल अन्तरले जित दर्ता गर्ने क्रममा उसले पानामालाई ६-१ ले स्तब्ध बनायो।
इङग्ल्यान्डको टोलीका लागि सबैभन्दा बढी हेरी केनले तीन गोल गरे।
मध्यान्तरसम्म इङग्ल्यान्डले पाँच गोल गरिसकेको थियो।
चकनाचुर
समूह चरणको आफ्नो अन्तिम खेलमा इङग्ल्यान्डले बिहीवार बेल्जियमको सामना गर्नुपर्नेछ।
बेल्जियमसँगको इङग्ल्यान्डको प्रतिस्पर्धा त्यति सहज नहुने ठानिएको छ।
![कोलम्बिया](https://i0.wp.com/ichef.bbci.co.uk/news/624/cpsprodpb/F6C0/production/_102186136__102185372_jamesrodriguez.jpg?resize=720%2C405&ssl=1)
आइतवारको अर्को खेलमा कोलम्बियाले पोल्याण्डलाई ३-० ले पराजित गरेको छ।
कोलम्बियाको शानदार जितसँगै अन्तिम १६ मा पुग्ने पोल्याण्डको सपना चकनाचुर भएको छ।
प्रतिस्पर्धात्मक
समूह एचको आफ्नो पहिलो खेलमा जापानसँग २-१ ले पराजित भएको कोलम्बियाको खेल आइतवार तुलनात्मक रूपमा सुधारिएको थियो।
अर्कोतर्फ आफ्नो शुरूवाती खेलमा सेनेगलसँग पराजित भएको पोल्याण्डले पछिल्लो खेलमा पनि आफ्ना प्रशंसकहरूलाई निराश बनायो।
![जापान](https://i0.wp.com/ichef.bbci.co.uk/news/624/cpsprodpb/11DD0/production/_102186137_gettyimages-982884402.jpg?resize=720%2C405&ssl=1)
रुसमा जारी विश्वकप आइतवार अर्को कडा प्रतिस्पर्धाको साक्षी बन्यो।
जापान र सेनेगलबीचको निकै प्रतिस्पर्धात्मक खेल २-२ को बराबरीमा ड्र भयो।