रक्सी नपुगेपछी बबाल, बेइजिङमा प्रधानमन्त्री ओलीको जम्बो टोलीलाई रक्सी पुगेन


प्रकाशित मिति : असार १०, २०७५ आईतबार

Prime Minister KP Sharma Oli, who embarked on an official week-long visit to China at the invention of Chinese premier, lands in Beijing on Sunday, March 20, 2016. Photo: RSS

चीनको राजधानीमा बेइजिङमा नेपाली दूतावासले आयोजना गरेको रात्रीभोजमा नेपालबाट प्रधानमन्त्री केपी शर्मा ओलीको भ्रमण टोलीमा सहभागीमध्ये केहीले मनलाग्दी तवरले मदिरा पिएर बबाल गरेका छन् । खरो स्वभावका राजदूत लिलामणि पौड्याललाई थर्काउँदै उनीहरुले पेटभरी रक्सी खान पाउनु प¥यो भन्दै बबाल गरेका हुन् ।

भ्रमण दलमा सहभगी एक सदस्यका अनुसार, यसरी बबाल मच्चाउनेहरुमा राज्यलाई कर छलेको, सम्पत्ति हत्याउन आफ्नै श्रीमतीसँग नक्कली सम्बन्ध बिच्छेद गरेका, सेरोगेसी नाममा महिलाको कोखको व्यापार गर्ने रहेका छन् । जिन्दगीभर नेपाल विद्युत् प्राधिकरणलाई चुसरे किर्नाजस्तै मोटाएका तर हाल बुटवल पावर कम्पनीमा कार्यरत रहेका व्यक्ति समेत प्रधानमन्त्रीको भ्रमण दलमा छन् ।

बुटवल पावर कम्पनीका अध्यक्षको पहिचानमा चीन पुगेको पद्म ज्योतिले काठमाडौँको ग्राण्डी अस्पतालमा सेरोगेसीको धन्दा चलाउँछन् । करिब करिब टाट पल्टने अवस्थामा पुगेको बुटवल पावर कम्पनीको नाममा चिनियाँ लगानीकर्तालाई फसाउने खेलो फड्को मिलउन नेपाल विद्युत् प्राधिकरणलाई चुसेर डकारेर छाडेका उत्तरकुमार श्रेष्ठलाई लिएर ज्योति चीन पुगेका हुन् ।

जनता बैंक डुबाउन क्रियाशिल रहेका र आफ्नै जेठी बुहारीको नाममा रहेको शेयरको नक्कली कागजात बनाएर बिक्री गरेका, शेयर लगानीकर्तालाई डुबाएर हैरान बनाएका र सम्पत्ति हत्याउन आफ्नै श्रमितीसँग नक्कली स्म्बन्ध विच्छेद गरेका गुरु न्यौपाने पनि चीन पुगेका छन् । बबाल गर्नेमध्ये उनी पनि एक भएको बताइएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

नेपालमा चिनियाँ लगानी काम छैन भन्दै भारतीयहरुको चाकडी र गुलामी गर्ने, नेपाल उद्योग वाणिज्य महासंघको नाम भजाउने तर उद्योगको नाममा केही नभएका ज्ञनेन्द्रलाल प्रधान समेत चीन पुगेका छन् । भारत नै माता हो पिता हो भने जसरी भक्तिभाव प्रकट गर्दै हिडेका प्रधान कसरी र कुन  प्रयोजनका लागि चीन पुगे भन्ने विषय समेत चासोको विषय बनेको छ ।

उद्योग नभए पनि नेपाल उद्योग वाणिज्य महासंघको सभापति बन्न पाएकी भवानी राणा समेत  चीन पुगेकी छिन् । १ सय १९ सदस्यीय जम्बो टोली लिएर प्रधानमन्त्री ओली चीन गएका छन् । प्रधानमन्त्रीको टोलीमा गृहमन्त्री रामबहादुर थापा, ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री वर्षमान पुन, भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री रघुवीर महासेठलगायत सरकारी अधिकारी समावेश छन् ।

६ दिने औपचारिक भ्रमणमा लागि चीन उडेका प्रधानमन्त्रीको टोलीमा ४८ सदस्य सरकारी खर्चमा गएका छन् भने ७१ जना नीजि खर्चमा गएका छन् । यी सबै राष्ट्रिय ध्वजाबहाक नेपाल वायु सेवा निगमको जहाजलाई छाडेर उनी आफ्ना निकटका व्यवसायी मानिएका आङछिरिङ शेर्पाको लगानी रहेको हिमालयन एयरलाइन्सबाट चीन गएका छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com