इथियोपियाली प्रधानमन्त्रीको पहिलो ¥यालीमा भएको विस्फोटमा कैयौँको मृत्यु


प्रकाशित मिति : असार ९, २०७५ शनिबार

नवनिर्वाचित इथियोपियाली प्रधानमन्त्री अविय अहमदको सम्मानमा शनिबार आयोजना गरिएको विजय जुलुसपछि सम्बोधनका क्रममा भएको विष्फोटमा परी कैयौँ सर्वसाधारणको मृत्यु भएको यहाँको राज्य सञ्चालित समाचार संस्थाले जनाएको छ ।

इथियोपियाको राजधानी अदिस अबाबामा आयोजित ¥यालीमा दशौँ हजार समर्थक तथा शुभेच्छुक सहभागी भएका थिए । जुलुसपछि प्रधानमन्त्रीले सम्बोधन गर्ने कार्यक्रम अनुसार अवियले सम्बोधन गरिरहेका समय विष्फोट गराइएको थियो ।

राजधानीको मुटुमा आयोजना गरिएको सभामा विष्फोट भएपछि प्रधानमन्त्रीले आफ्नो सम्बोधनलाई बिचैमा राकेर घटनास्थलबाट बाहिरिनुभएको थियो भने विष्फोटबाट आत्तिएका कार्यक्रमका सहभागी मञ्चतर्फ बढेका थिए, प्रत्यक्षदर्शीसमेत रहेका एएफपीका सम्वाददाताले बताए ।

जुलुसमा भएको अपार सहभागितालाई छायाँमा पार्ने उद्देश्यले विपक्षी समूहले विष्फोट गराएको हुनसक्ने प्रहरीलाई उद्धृत गर्दै राज्य सञ्चालित समाचार संस्था फाना ब्रोडकास्टिङ कर्पोरेटले जनाएको छ ।
बताइएको छ ।

मृतक सबै जनाले माया र शान्तिका लागि शाहदत प्राप्त गर्नुभएको छ, अवियलाई उद्धृत गर्दै फानाले जनाएको छ । विष्फोटको समाचार तयार पार्दासम्म कसैले जिम्मेवारी लिएको छैन । सभास्थल मास्केल स्क्वाएरलाई खुला बनाउने क्रममा प्रहरीले अश्रुग्यास हानेको छ ।

प्रधानमन्त्रीका रुपमा पद सम्हालेपछिको छोटो समयमा नै उहाँले सेना प्रमुख र गुप्तचर प्रमुखलाई बर्खास्त गर्नुभएको थियो । मानवअधिकार उल्लंघन गरेको भन्दै उहाँले इथियोपियाको सुरक्षा फौजको पनि आलोचना गर्नुभएको थियो । पछिल्लो घटनालाई अहमदले ’इथियोपियालाई एकतावद्ध देख्न नचाहने शक्तिहरूले गरेको असफल प्रयास’का रुपमा चित्रण गर्नुभएको छ ।

गत अप्रिलमा जिम्मेवारी सम्हालेका अवियले आफू निर्वाचित भएपछि पहिलोपटक राजधानीमा सम्बोधन गर्दै हुनुहुन्थ्यो । यद्यपि उहाँले प्रान्तीय सभाहरूमा भने सहभागी भइरहनुभएको थियो ।

बितेका तीन महिनामा नयाँ प्रधानमन्त्रीका रूपमा उहाँले सुरक्षा सेवा, पूर्व सरकारद्वारा कैदमा लिएका राजनैतिक वन्दी, अर्थतन्त्रको उदारीकरण र दुई दशकदेखि इथियोपियासँग द्वन्द्वरत इरिट्रियासँगको विवाद समाधान लगायतका बिषयमा व्यापक परिवर्तन ल्याएको बताइँदै आएको छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com