‘काली’ भनेर जिस्काएको निहुँमा महिलाद्वारा पारिवारिक जमघटमा खानामा हालिन् विष, पाँचको मृत्यु


प्रकाशित मिति : असार ९, २०७५ शनिबार

कालो वर्णको भएको भनेर जिस्काएको निहुँमा भारतको महाराष्ट्रस्थित राइगड जिल्लामा एक महिलाले पारिवारिक कार्यक्रममा खानामा विष मिलाउँदा पाँच जनाको मृत्यु भएको छ ।

यो घटना गत जुन १८ मा भएको थियो । आरोपित प्रज्ञा सुरभासेले उनका आफन्त सुभाष मानेको महाड गाउँमा रहेको घरमा आयोजित एक कार्यक्रममा खानामा कटनाषक औषधि मिसाएकी थिइन् ।

विषाक्त खानाका कारण चार बालबालिकासहित एक बृद्धको मृत्यु भएको छ ।

घटनामा ८० जनाभन्दा बढी फुड पोइजनिङको कारण अस्पताल भर्ना भएका थिए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

प्रहरीले यस घटनामा अनुसन्धान गरेर ती महिलालाई पक्राउ गरेको थियो ।

‘उनले पारिवारिक विवादका कारण यस्तो गरेको स्वीकार गरेकी छिन् । १२० जनाभन्दा बढी बिरामी परेका थिए भने पाँच जनाको मृत्यु भएको छ,’ राइगडका प्रहरी प्रमुख अनिल पारास्करले भने ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com