रसिया विश्वकपमा रंगशालामामा घट्यो अचम्मको घट्ना, सुरक्षाकर्मीको खुलेर आलोचना


प्रकाशित मिति : असार ९, २०७५ शनिबार

रसिया विश्वकपमा पछिल्लो घटनाका रूपमा दर्शकले प्याराफिटमा नै चुरोट सेवन गरिरहको तस्बीर सामाजिक सञ्जालमा भाइरल भएपछि रसिया अर्को आलोचनाको सिकार भएको छ । आयोजक रसियाले १२ वटै रंगशालालाई अति संवेदनशील क्षेत्र घोषणा गरे पनि त्यो अनुसारको चेकजाँच नगरेको आरोप लागेको छ।

रगशालाको वरिपरि आन्दोलन गर्न नपाईने, भडकिलो किसिमको काम नगर्न नहुनेका साथै सुर्तीजन्य चुरोट सेवन प्रतिबन्धित नै लगाए पनि उक्त गतिविधिहरू हुने गरेका छन् । वरिपरि मात्र होइन एक दर्शकलेत सुरक्षाकर्मीलाई छलेर चुरोट नै प्याराफिटसम्म पुर्‍याए।

सुरक्षाकर्मीले सबै किसिमको सुरक्षा जाँच गर्दा ती दर्शकबाट चुरोट नै भेटाउन सकेनन् तर जब दर्शक प्याराफिटमा पुगे उनी आफ्नो पर्सबाट एक खिली चुरोट निकाल्दै मस्त तान्न थाले। उनले त्यही पर्सबाट आगोको ज्वाला निकाल्दै चुरोट सल्काए।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

दर्शकले चुरोट तान्ने गरेको दृश्य ठूलो स्क्रिनमा समेत देखाइएपछि सुरक्षाकर्मीको खुलेर आलोचना भएको छ। सुरक्षाकर्मीले आफूहरूको सुरक्षा व्यवस्था कमजोर भएको स्वीकार्दै आगामी दिनमा यस्तो नहुने बताएका छन्। सुरक्षाकर्मीले अब दर्शकको पर्समाथि पनि अनुसन्धान हुने बताएका छन्।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com