सैन्य अभ्यास अनिश्चितकालका लागि रद्द


प्रकाशित मिति : असार ९, २०७५ शनिबार

अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले दक्षिण कोरियासँगका दुईवटा सैन्य अभ्यास कार्यक्रम अनिश्चितकालका लागि रद्द गरिएको शुक्रबार घोषणा गरेको छ ।
राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच सिङ्गापुरमा भएको शिखर वार्ताको सफलतापछि यसैमा केन्दित भएर यो निर्णय गरिएको पेन्टागनका प्रवक्ताले जानकारी दिनु भएको छ ।

अमेरिकाले दक्षिण कोरियाली सेनासँग अगस्ट महिनाका लागि तय गरेको संयुक्त सैन्य अभ्यास स्थगित गरिएको घोषणा भएको हो ।

यसअघि अमेरिका र दक्षिण कोरियाले आफूहरूमाथि बाह्य आक्रमण गरिएको अवस्थामा त्यसको सामना गर्नका निम्ति संयुक्त सैन्य अभ्यास आवश्यक रहेको बताउँदै आएको थियो ।
गत जुन १२ मा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच सिङ्गापुरमा ऐतिहासिक शिखर वार्ता सम्पन्न भएको थियो ।

सो वार्ताको क्रममा अमेरिकाले दक्षिण कोरियासँग गर्दै आएको संयुक्त सैन्य अभ्यास रद्द गर्ने सहमति जनाएको भएको थियो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com