ब्रेक हुनु तीन मिनेट अघि डेस्क छोड्दा पत्रकार सम्मेलन गरेर माफी माग्नुपर्यो


प्रकाशित मिति : असार ८, २०७५ शुक्रबार

जापानमा एक–एक मिनेटको हिसाब राखिन्छ । काममा समयको महत्व बुझाउनका लागि नियम निकै कडा छ । जापानमा समयको महत्व झल्काउने एउटा घटना बुधबार सार्वजनिक भएको छ । यहाँको जल विभागमा काम गर्ने एक अधिकारीले लञ्च ब्रेक हुनु तीन मिनेट अघि डेस्क छोड्दा विभागले पत्रकार सम्मेलन गरेर जनतासँग माफी माग्नुपर्यो ।

वास्तवमा ६४ वर्षका यी अधिकारीमाथि थुप्रै दिनसम्म निगरानी राखिएको थियो । उनले पछिल्लो सात महिनामा २६ पटक लञ्च अघि नै डेस्क छोडेको मामलामा दोषी पाइयो । विभागले यसका लागि एक दिनको आधा तलब काट्नुका साथै दोस्रोपटक यस्तो नगर्न चेतावनी समेत दियो ।

पत्रकार सम्मेलनमा विभागले भन्यो, ‘हाम्रो लञ्च ब्रेक दिउँसो १ बजे हुन्छ । तर दोषी अधिकारीले यस अघि नै आफ्नो डेस्क छोडे । हामी यस्तो प्रकारको व्यवहारो खेद गर्छौं । हामी माफी माग्छौं । जल विभागका अनुसार अधिकारी अनुसार उनलाई लोक सेवा कानूनकोjapan उल्लंघनको दोषी पाइएको थियो । यस कानून अनुसार, वर्किङ आवरको क्रममा कर्मचारीले आफ्नो ध्यान काममा मात्र लगाउनुपर्छ । पत्रकार सम्मेलनमा अधिकारीले सबैको सामू झुकेर माफी मागे ।

सोसल मिडियामा मजाकः

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

जापानमा सोसल मिडियामा यो घटनालाई हाँसोको उठाइएको छ । ट्वीटरमा एक प्रयोगकर्ताले लेखे, ‘यो त पागलपन हो, के कोही आफ्नो डेस्कबाट चुरोट पिउनसमेत उठ्न सक्दैन ?’ यस्तै, अर्का एक प्रयोगकर्ताले लेखे, ‘यो एउटा भद्दा मजाक हो, के यसको अर्थ मानिसहरु शौचालय पनि जान पाउँदैनन् ?’

कोबेका अधिकारीले यस वर्ष फेब्रअरीमा एक व्यक्तिले अफिस आवर्सको क्रममा खाजा खान डेस्क छोड्दा एक महिनाका लागि सस्पेन्ड गरिएको थियो । ती व्यक्तिलाई ६ महिनामा ५५ घण्टासम्म अनुपस्थित भएको बताइँदै सस्पेन्ड गरिएको थियो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com