मासिक कति नेपालीले पाइरहेका छन् अमेरिकाको भिजिटर भिसा ?


प्रकाशित मिति : असार ६, २०७५ बुधबार

अमेरिकाको भिजिटर भिसा बी वान बी टु पाउन निकै मुस्किल हुने गरेको कैयन नेपालीहरुको गुनासो छ । तर हरेक महिना ठूलो संख्यामा नेपालीहरुले भिजिटर भिसा पाउने गरेको अमेरिकी सरकारको तथ्यांकले देखाएको छ ।

पछिल्लो तथ्यांक अनुशार गत अप्रिल महिनामा १८२८ जना नेपालीहरुले अमेरिकाका बी भिसा पाएका थिए । जसमध्ये बी वानमात्र पाउनेहरु ४ जना, बी वान बी टु दुबै पाउनेहरु १८२३ जना र बी टु मात्र पाउनेहरु १ जना रहेका थिए । त्यस्तै मार्चमा १५४९ जना नेपालीहरुले अमेरिकाको भिजिटर अर्थात् बी भिसा पाएका थिए ।

फरबरी महिनामा भने अमेरिकाको भिजिटर भिसा पाउने नेपालीहरु निकै कम थिए । त्यो महिनामा ९५४ जना नेपालीहरुले अमेरिकाको बी भिसा पाएको अमेरिकी सरकारको तथ्यांकले देखाएको छ । सन् २०१८ को पहिलो महिना जनबरीमा भने १३३२ जना नेपालीहरुले अमेरिकाको भिजिटर तथा बिजनेश अर्थात् बी भिसा प्राप्त गरेका थिए ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com