अमेरिकामा ज्यान गुमाउनेको संस्कार र घाइतेको उपचारमा ७० हजार डलर संकलन


प्रकाशित मिति : कार्तिक २३, २०७३ मंगलबार

अमेरिकाको जर्जिया राज्यको एटलान्टाको ग्रामिण क्षेत्र जेफर्सन काउन्टीमा भएको कार दुर्घटनामा ज्यान गुमाएका नेपालीको दाहसंस्कार र घाइतेको उपचारमा सघाउन नेपाली विद्यार्थीहरुले संचालन गरेको आर्थिक संकलन अभियानमा दुईदिनमा झण्डै ७० हजार अमेरिकी डलर संकलन भएको छ ।

नेपलिज स्टुडेन्ट युनियनले कार दुर्घटनामा घाइते समिर खनाल र सुबास खनालको उपचारका लागि एवं मृतकहरु चिरञ्जिवी खनाल, श्यामा खनाल, ऋचा खनाल र सिम्रन को दाहसंस्कारका लागि गोफण्डमी मार्फत आर्थिक संकलन अभियान संचालन गरिरहेको छ ।

४० हजार अमेरिकी डलर संकलनको लक्ष्यसहित सुरु गरिएको अभियानमा अहिलेसम्म ६९ हजार डलर भन्दा धेरै अमेरिकी डलर संकलन भइसकेको छ ।

दुर्घटनामा गुल्मीको पिलधारा कटौंजे घर भई हाल काठमान्डौ अनामनगर बस्नु हुने चिरन्जीबी खनाल ,उहाँकी पत्नी, बुहारी र छोराकी प्रेमिकाको घटनास्थलमा नै मृत्यु भएको थियो । गाडीको अगाडी बसेका दाजुभाई समिर खनाल र सुवास खनाल घाइते भएका थिए ।

तपाईपनि आर्थिक अभियानमा सघाउन यहाँ क्लिक गर्नुहोला । 

परिवारका चार सदस्यहरु गुमाएका युनिभर्सिटी अफ जर्जियाका पीएचडी क्यान्डिडेट समिर र मेडिकल रेसिडेन्ट सुवास खनालको अस्पतालमा उपचार भइरहेको छ । अमेरिकाबासी नेपालीहरुले घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्नुका साथै मृतकको आत्माको शान्तिको कामना गरिरहेका छन् ।

समिर झण्डै १० बर्षदेखि जर्जियाको एथेन्समा बस्दै आएका छन् भने उनका भाई सुबास शिकागोमा बस्दै आएका छन् । सुबासले गतबर्ष नेपालमा गएर विहे गरेका थिए भने समिरले झण्डै १० बर्षदेखि नै बुबाआमालाई भेट्न पाएका थिएनन् ।

समिर र सुबासलाई भेट्न दशैं अगाडि बुबा चिरन्जीबी खनाल र आमा श्यामा खनाल अमेरिका आएका थिए । अमेरिका आइसकेपछि उनीहरु शिकागो गएका थिए । शिकागोमा बुबाआमासँगै दशैं मनाएर फर्केपछि समिर जर्जिया फर्केका थिए । समिर फर्केको केहीदिनमा पत्नी र बुबाआमासहित सुबास पनि जर्जिया आएका थिए । जर्जियामा केहीदिन देखि घुमफिरमा रमाइरहेका खनाल परिवार दुर्घटनामा परेका हुन् ।

दुर्घटनामा ज्यान गुमाउने समिरकी प्रेमिका सिम्रनका बुबाआमा पनि उनको कलेजको ग्रयाजुएसन सेरेमोनीका लागि अमेरिका आउने तयारी गरिरहेको अवस्थामा दुर्घटना भएको जनाइएको छ । एटलान्टामा पढ्ने र एथेन्समा जागिर गर्ने दाङकी सिम्रन विगत सातबर्षदेखि अमेरिकामा बस्दै आएकी थिइन् ।

समिर र सुबासको परिवार तस्विरमा । 

14962281_1111354212295525_1049638347_n
आफ्नी प्रेमिका (मृतक) र पत्नी (मृतक) का साथमा समिर (खैरो टिसर्ट) र सुबास (कालो टिसर्ट) ।
15841749_1478489329-179
परिवारका साथमा समिर र सुबास
15841749_1478490761-6587_funddescription
परिवारका साथमा समिर र सुबास
© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com