टीपीएसको अवधि २०१९ को जुन २४ मा सकिदैछ, टीपीएसमा रहेकाले के गर्ने ?


प्रकाशित मिति : असार ३, २०७५ आईतबार

खसोखासको प्रश्न

टीपीएसको अवधि अब सन् २०१९ को जुन २४ मा सकिदैछ । अब यो अवस्थामा टीपीएसमा रहेका नेपालीहरुले के गर्ने ?

कानुन व्यवसायी खगेन्द्र जीसीको जवाफ

हो, सन् २०१९ को जुन २४ मा नेपालीलाई दिएको टीपीएस अन्त्य हुँदैछ । टीपीएसमा रहेकाहरुले स्टेटस परिवर्तन गर्न सकिन्छ भन्नेमा ध्यान दिनुपर्छ । त्यसका लागि १ बर्षभित्र त्यो काम गर्नुपर्छ । टीपीएसको अवधि सकिनासाथ सबै ९ हजारलाई तुरुन्तै प्लेनमा हालेर अमेरिकाबाट देशनिकाला गरिन्छ भन्ने भ्रमहरु पनि फैलाइएको छ । ९ हजारमा पनि विभिन्न क्याटेगोरीका व्यक्ति छन् ।

विभिन्न भिसामा भएका व्यक्ति टीपीएस सकिएपनि पुन भिसामा नै फर्कन सक्ने अवस्था छ । उनीहरुलाई देशनिकालाको कुनै डर हुँदैन । एसाइलम पेन्डिंग अवस्थामा रहेकाहरुले पनि एसाइलममा फर्कन सक्नेछन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com