देशभर किन पर्दैछ आकाशबाट हिलो पानी : खास कारण यस्तो


प्रकाशित मिति : असार २, २०७५ शनिबार

राजधानी लगाएत देशका विभिन्न भागमा हिलो पानी परेको छ । केहि दिनयता आकाशबाट परेको पानीमा हिलो मिसिएको वर्षात भएको खबर प्राप्त भएको छ । सामाजिक सञ्जालहरुमा समेत कतिपयले फोटोसहित यस्ता पोष्टहरु राखेका छन् ।

बुटवलमा हिले वर्षा भएको एवीसी टेलिभिजका ५ नं प्रदेशका ब्यूरो प्रमुख शरण कर्माचार्य फेसबुक स्टाटसमा लेखेका छन् । खुल्ला आकाशमुनी राखिएका सवारी साधानमा पनि हिलो पानी परेको कारण दागहरु देखिएका छन् । रूपन्देही र यस आसपासका स्थानमा धमिलो हिलो जस्तै पानी सहितको वर्षा भएको छ । मेरो अनुभवमा यो पहिलो घटना हो । कसैलाई यस्तो हिले वर्षा हुनुको बैज्ञानीक कारण थाहा भए जानकारी पाउ । यस्ता स्टासलेख्ने र फोटो पोष्ट गर्नेहरु धेरै छन् ।
तर मौसम विज्ञान विभाग काठमाडौंले यस किसिमको पानी पश्चिम वायुको प्रभावका कारण भएको जनाएको छ । विभागले भारतीय आकाशमा राजस्थान आसपासको मरुभुमीमा अत्यधिक मात्रामा बिहिवारदेखि हावाहुरी चलेकोले आकासमा धुलो जम्मा भएका कारण पश्चिम नेपाल तथा मध्य नेपालका केहि भागमा पानी पर्दा धमिलो पानी परेको जनाएको छ ।

भारतीय आकाशमा परेको प्रभाव नेपाली आकाशमा पनि केहि परेको र भारतीय सिमा नजिकको नेपाली आकाश मुनीका नागरिकहरुले समेत उक्त अनुभुती गर्न पाएको मौसम विभागले जनाएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com