अष्ट्रेलियामा नेपाल एयरलाईन्सको उडान सन् २०१९ मा मात्रै


प्रकाशित मिति : असार २, २०७५ शनिबार

सन् २०१९ सम्ममा अष्ट्रेलियामा नेपाल एयरलाईन्सको उडान हुने भएको छ ।

नेपाल एयरलाईन्सले गर्न लागेको काठमाडौं र सिड्नीबिचको हवाई सेवा सन् २०१९ को अन्त्यसम्ममा सुरु गर्ने निगमको तयारी छ ।

तर नेपाल र अष्ट्रेलियाकाबिच सिधा हवाई उडान भने नहुने भएको छ । अष्ट्रेलियादेखि नेपालसम्म जाने यात्रुहरुको संख्या दैनिक उडानका लागि पर्याप्त नभएकोले सीधा उडान सम्भव नहुने देखिएको निगम स्रोतले बतायो । एक अध्ययनपछि सिड्नीबाट मलेसिया वा सिंगापुर हुँदै नेपालसम्मको उडान गर्नु उपयुक्त हुने निष्कर्श निस्किएको छ । नेपालसम्म जाने यात्रुको चापलाई दृष्टिगत गरी यस्तो निष्कर्श निकालिएको हो ।

यसअघि यही वर्षको दशैंबाट सुरुवात काठमाडौं र सिड्नीबिचको हवाई सेवा शुरु हुने भनिएको थियो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com