Follow @khasokhasmag

अब डाक्टर र नर्सलाई बेलायत जान सहज


प्रकाशित मिति : असार २, २०७५ शनिबार

बेलायत सरकारले युरोपेली युनियन (ईयू) बाहेकका मुलुकबाट आउने चिकित्सक तथा नर्सका लागि अध्यागमन नीति खुकुलो बनाउने भएको छ ।

ब्रिटेनको नेसनल हेल्थ सर्भिस (एनएचएस) ले चिकित्सक तथा नर्सहरुको बढ्दो अभाव झेलिरहेका बेला सरकारले दक्ष कामदारको भिसा रुट सहज बनाउन लागेको हो ।

सरकारले उसअघि ईयूबाहेकका मुलुकबाट चिकित्सक तथा नर्सहरु बेलायत आउनुपरे टियर टु अन्तर्गत आवेदन दिनुपर्थ्यो जसमा २० हजार ७ सय बार्षिक कोटा थिए ।

वर्तमान प्रधानमन्त्री टेरेना मे गृहमन्त्री छँदा आप्रवासी नियन्त्रणकै हिस्सा स्वरुप सन् २०११ मा उनले यो सीमा तोकेकी थिइन् ।

तर अब डाक्टर, नर्सहरुमा त्यो सीमा लागू नहुने भएपछि एनएचएसले हजारौं मेडिकल स्टाफ भर्ना गर्न सक्छ । आजको कान्तिपुरमा समाचार छ ।

   न्युयोर्क स्टेट, डिपार्टमेन्ट अफ स्टेट, डिभिजन अफ कर्पोरेशन, दर्ता नम्बर: ५२५५२५८

नमस्ते मिडिया इन्क.

न्युयोर्क, अमेरिका

© 2022 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com