प्रदीप खड्काले अभिनय गरेको रोजीको छायांकन चलचित्र विकास बोर्डले रोकिदियो


प्रकाशित मिति : असार १, २०७५ शुक्रबार

निर्माणाधीन नेपाली चलचित्र ‘रोजी’ को छायांकन रोकिएको छ । चलचित्र विकास बोर्डले छायांकन रोक्ने आदेश दिएपछि काम रोकिएको निर्देशक निर्भ पौडेलले बताएका छन् ।

सन् २०११ मा रोजी महर्जनको हत्या भएको थियो । सोही हत्याकाण्डमा आधारित कथामा रोजी बन्न लागेको संचारमाध्यमहरुले समाचार लेखेका थिए । उक्त कुरा थाहा पाएपछि रोजी महर्जनको परिवारले आफूहरुको अनुमती बिना चलचित्र निर्माण गर्न लागिएको र यसले आफ्नो मृत छोरी अन्यायमा पर्ने भन्दै चलचित्र विकास बोर्डमा उजुरी गरेका थिए ।

परिवारको उजुरी पछि छायांकन बीच बीचमा केही दिन स्थगित गर्दै निर्माण गरिएको थियो । तर, रोजीको परिवार चलचित्र बनाउन नदिने अडानमा रहेपछि बोर्डले चलचित्र छायांकनको काम तत्काल रोक्नको लागि आदेश दिएको हो । २० दिन छायांकन बाँकी रहंदा छायांकनको काम रोकिएपछि निर्माण युनिट अन्योलमा परेको छ ।

यस चलचित्रको मूख्य भूमिकामा अभिनय गर्नको लागि कडा मेहनत गरेका अभिनेता प्रदीप खड्का चलचित्रको काम रोकिएपछि तनावमा छन् । आगामी साता चलचित्र बन्ने या नबन्ने निर्णय हुने बताइएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com