अष्ट्रेलियामा नेपाली विद्यार्थीहरुलाई जागिर पाउन किन गाह्रो छ ?


प्रकाशित मिति : असार १, २०७५ शुक्रबार

अष्ट्रेलियाको साढे तीन वर्षे बसाईको क्रममा मैले यहाँ धेरै मानिसहरु काम र पढाइको लागि आएको देखेको छु । नेपाली विद्यार्थीहरु पनि यहाँ पढ्न र भविष्य राम्रो बनाउने चाहनामा आउने गर्छन् । यहाँ आउने हामी हरेक नेपाली आफ्नो सपना लिएर त्यो सपना पूरा हुने आशमा आउँछौं । ती सपना बोकेर आउने अधिकांश नेपाली विद्यार्थीहरुले हतारो र उत्साहमा अष्ट्रेलियामा पाईला टेकेका हुन्छन् । विद्यार्थीहरु अष्ट्रेलियाको वातावरण, कामको अवसरको बारेमा राम्रोसंग नबुझी आउनाले दुःख पाउने गरेका छन् । हामीले गरेको त्यो गल्ती अष्ट्रेलिया आईसकेपछि  दिनदिनै नयाँ कुराहरु सिकेर र आफूमा सकारात्मक परिवर्तन ल्याएर सुधार्न सक्छौं । यसको लागि जीवनशैली, बजार, यातायात, स्वास्थ्य, जागिरक स्रोत, पढाइ, भाषा, पीआर अथवा नेपाल फर्कने बारेमा बुझ्नु जरुरी छ ।

विद्यार्थीहरुले जागिरको लागि युनिभर्सिटी हब,इन्टरनेट, साथीभाइ तथा नातागोता, पत्रपत्रिका आदि माध्यमद्वारा जानकारी लिन सक्छन् । मेरो व्यक्तिगत अनुभवमा प्रभावकारी रिफरेन्स, समयको सही व्यवस्थापन, करियर लिंकहरुको संकलन तथा तिनीहरु सबैमा आवेदन, युनिभर्सिटी करियर हब माध्यमको प्रयोग, जब आवेदन प्रक्रियाको पूर्ण जानकारी, उपयुक्त कभर लेटर, व्याकरण त्रुटी नभएको आकर्षक रिजुम आदिले जागिर दिलाउन मद्दत गर्छन्।

विद्यार्थीहरुले जागिरको लागि gumtree , careerOne , indeed , seek , jora , jobActive , adzuna , spoutjobs आदि वेबसाइट र नेपाली समुदायक फेसबुक पेजबाट पनि जानकारी लिन सक्छन् ।
रिजुम बनाउँदा व्यक्तिगत विवरण, सिप , दक्षता र अनुभव समावेश गर्नुपर्छ । यदि जागिरको लागि उपयुक्त अनुभव नभएमा युट्युबमा गएर ’जब रोल’ भिडियोमा आफूले आवेदन दिने जागिरको बारेमा ज्ञान लिएर आफ्नो राम्रो छाप छोड्ने ईमेल लेखेर रिजुम सहित पठाउनुपर्छ । यदि कम्पनीको फोन नम्बर उपलब्ध छ भने एसएमएस वा फोन कल पनि गर्न सकिन्छ र ठेगाना पत्ता लगाएको खण्डमा उनीहरुलाई प्रत्यक्ष भेट्न सकिन्छ । रिजुमको कभर लेटर आफ्नो व्यक्तित्व झल्किने खालको बनाउनुपर्छ ।

आफूले आवेदन दिएको कम्पनि र पदको बारेमा राम्रो जानकारी लिनाले अन्तर्वार्तामा आत्मविश्वास आउँछ । ईन्टरनेटबाट कम्पनि तथा उक्त पद र त्यो पदसँग सम्बन्धित कामहरुको बारेमा राम्रो जानकारी लिन सकिन्छ । अन्तर्वार्ता दिंदा खुशी, अनुशासित, धैर्य, आत्मविश्वासी देखिनु जरुरी छ । अन्तर्वार्ता दिन जानुपूर्व वा दिईसकेपछि तपाईंले उनीहरुलाई कल गर्नुभयो र उनीहरुले कल उठाएनन् भने फेरी कल नगर्नुहोस् । कल गर्नुको साटो भ्वाइस म्यासेज छोड्नुहोस् वा ईमेल गर्नुहोस् ।
यदि ट्रायलको लागि जाँदै हुनुहुन्छ भने आत्मविश्वास र काम सबन्धि ज्ञानले महत्त्वपूर्ण भूमिका खेल्छन् । रिफरेन्स पाउन गाह्रो भएको खण्डमा साथी, नातेदार, सामूदायिक समूहका सदस्यहरु अथवा सामजिक संजालमा भेटिने साथीहरुसंग समेत सहयोग लिन सकिन्छ । यसको लागि आफू साथीहरु संग, सामूदायिक संस्थाहरुसंग चिनजान र घुलमिल हुने गर्नुपर्छ जसले गर्दा राम्रो सम्बन्ध स्थापित होस् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

नेपाली विद्यार्थीहरुले जागिर नपाउनाको अर्को कारण भनेको ड्राईभिङ्ग लाईसेन्स वा सिप नहुनु हो । यदि अष्ट्रेलिया आउँदा गाडी चलाउन नसिकी आउन भएको छ भने यहाँ सिक्नुहोस् । समय व्यवस्थापनमा कठिनाई भएपनि गाडी चलाउन सिक्नाले तपाईंको अष्ट्रेलिया बसाई थप सहज बन्न सक्छ ।

नेपाली स्टुडेन्ट अष्ट्रेलिया र अरु फेसबुक ग्रुपहरु पनि छन् , जसबाट विद्यार्थीहरुले पढाई, व्यक्तित्व विकास , अष्ट्रेलियामा कामको अवसर आदिको बारेमा छलफल र सूचना आदान प्रदान गर्न सक्छन् । सधैं योजनाबद्ध तरिकाले अगाडि बढ्नुपर्छ, जस्तै, अंग्रेजी सुधार, सिप सिकाई, फाइनल सेमेस्टरमा इन्टर्नसीप, जागिर खोजि आदि । पछि आफूले गर्न चाहेको कामको बारेमा पहिल्यै देखि जानकारी लिईराख्नुपर्छ । पढाइपछिको जागिरको लागि सहयोग गर्न यहाँ इम्प्लयोमेन्ट एजेन्सीहरु हुन्छन् । त्यस्तै,अंग्रेजी भाषा सम्बन्धि ज्ञानले आफ्नो व्यक्तिगत र व्यावसयिक विकासमा ठूलो सहयोग पुर्याउँछ ।
धेरै विद्यार्थीहरु नयाँ कुराहरु सिक्नु भन्दा हतास बढी हुन्छन् । यहाँ आईसकेपछि आफूलाई प्रभाव पार्ने प्रत्येक नयाँ कुरा सिक्नु आवश्यक छ। समय व्यस्थापन अनिवार्य पक्ष हो भने पढाई, जागिर र भाषाज्ञान विद्यार्थीले सपना साकार पार्नको लागि आवश्यक पाटा हुन् । अष्ट्रेलियामा आएर बसोवास गरिरहेका वा पढिरहेका नेपालीहरुसंगको अनुभव साटासाटले पनि विद्यार्थीहरुको लक्षसम्म पुग्न निकै सहयोग गर्छ। मानिसहरुसंग र समुदायमा घुलमिल हुने, कुराकानी गर्ने, सम्बन्ध विस्तार गर्ने बानीले यहाँको बसाई सहज बनाउँछ ।

विद्यार्थीहरुको लागि अर्को महत्त्वपूर्ण कुरा, कुनै पनि व्यक्तिलाई जागिर लगाईदिने आशमा पैसा दिनुहुँदैन । अनलाईनबाट विद्यार्थीहरु ठगिंदै आईरहेको हुँदा सामाजिक संजालमा आफ्नो फोन नम्बर राख्नु हुँदैन । त्यस्तै अनलाईन सर्वेक्षणबाट पनि टाढा रहनु फाईदाजनक हुन्छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com