अशोक दर्जीले जब ठुलो प्लेनभित्रै चर्चित गीत सुनाएर एयरहोस्टेजमात्रै हैन यात्रुलाई समेत मनोरञ्जन दिलाए (भिडियोसहित)


प्रकाशित मिति : असार १, २०७५ शुक्रबार

मनोरञ्जनात्मक कार्यक्रमका लागि अहिलेका चर्चित बालगायक अशोक दर्जी मलेसिया उडेका छन् ।

जुन १५/१६ मा मलेसियाको सार्वजनिक विदाको अवसरमा विशेष कार्यक्रमका लागि अशोक संगै दर्जनौं गायक तथा कलाकार पनि मलेसिया पुगिसकेका छन् ।

हुन त अशोक दर्जी विदेश हुइँकिनुभन्दा नेपालमा पनि सानो प्लेनमा यात्रा गरिसकेका छन् । तर विदेशको यात्रा भने यो पहिलोपटक हो।

गाउँका एक सानो बालक जब ठूलो विमान चढी यात्रा गर्दा कस्तो देखिन्छ? भन्ने कुरा यश भिडियोमा अशोकलाई सजिलै ठम्याउन सक्छौं। हालैमा अशोकको मीठो “गीत मन विनाको धन ठूलो कि धन विनाको मन”ले एकाएक चर्चामा चुलिएपछी अशोक एक जुनियर सेलिव्रेटी बन्न सफल भएका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

प्लेनको यात्रा सँगै जस गीतबाट अशोक चर्चामा आए उही गीतले भने प्लेनका सम्पूर्ण यात्रुलाई मनोरञ्जन दिलाउन पछि हटेनन।

हेर्नुस् यो प्लेनभित्र अशोकको गीत र उनको चंचलता:

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com