Follow @khasokhasmag

उत्तरी भारतमा अविरल वर्षा, एघारको मृत्यु कैयौँ बेपत्ता र विस्थापित


प्रकाशित मिति : असार १, २०७५ शुक्रबार

उत्तरी भारतीय राज्यमा चार दिनयता देखि जारी भारी वर्षापछिको बाढीमा परी कम्तीमा एघार व्यक्तिको मृत्यु भएको अधिकारीहरुले शुक्रबार जानकारी दिएका छन् ।

उत्तरी भारतीय राज्य आसाम, त्रिपुरा, मणीपुरमा जारी यस प्रकोपमा परी ११ व्यक्तिको मृत्यु हुनुको साथै हजारौँको सङ्ख्यामा विस्थापित भएका छन् ।

उक्त वर्षापछिको बाढीमा परेर कैयौँ नागरिक बेपत्ता भएका छन् । तर के कति मात्रामा उनीहरु हराएका छन् भन्ने बारेमा खोजी सुरु भएको बताइएको छ ।

आसाम राज्यका कैयौँ जिल्लामा भारी बर्षापछि बाढी आएको उक्त राज्यका प्रकोप व्यवस्थापन निकायका एकजना अधिकारीले जानकारी दिएका छन् ।

यस राज्यमा तीन व्यक्तिको मृत्यु हुनुको साथै अन्य ३६ हजार विस्थापित भएका पनि उनले जानकारी दिएका छन् ।
त्यसैगरी त्रिपुरा राज्यमा यस प्रकोपमा परी कम्तीमा तीन व्यक्तिको मृत्यु हुनको साथै अन्य १५ हजार घरबारबिहिन भएका अधिकारीहरुले जानकारी दिएका छन् ।

मणिपुर राज्यमा जारी भारी बर्षाको पछिको बाढीको कारण राजधानी इम्फाललगायत राजधानीसँग जोडिएका जिल्लामा सरकारले विदा दिएको बताइएको छ । (रासस÷सिन्ह्वा)

   न्युयोर्क स्टेट, डिपार्टमेन्ट अफ स्टेट, डिभिजन अफ कर्पोरेशन, दर्ता नम्बर: ५२५५२५८

नमस्ते मिडिया इन्क.

न्युयोर्क, अमेरिका

© 2022 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com