नेपाली ब्राण्ड प्रयोग गर्ने पूर्व मिस नेपाल सुबिन लिम्बु , जो पैसा पनि थैलीमा बोक्छिन्


प्रकाशित मिति : असार १, २०७५ शुक्रबार

सुबिन लिम्बु मिस नेपाल २०१४ की विजेता हुन् । उनी सुन्दर मिस नेपाल मात्र नभएर बौद्धिक सुन्दरीको रुपमा समेत परिचित छिन् ।

सुबिन लिम्बुलाई नेपाली उत्पादन मन पर्छ र उनी नेपाली उत्पादनहरु प्रबर्द्धन गर्नुपर्छ भन्ने कुरामा जोड दिन्छिन् । त्यसैले उनले नेपालमै उत्पादन भएको चस्मा लगाउने गर्छिन् भने नेपाली थैलीमा पैसा बोक्ने गर्छिन् । उनले आँखामा लगाउने गाजल समेत घरमै बनाएको प्रयोग गर्छिन् ।

सुबिनले नोकियाको साधारण मोबाइल लिएर हिंड्ने गर्छिन् । उनका अनुसार, स्मार्ट मोबाइल लिएर हिंड्दा मोबाइलतिर नै ध्यान जाने र धेरै समय मोबाइलले खर्च गरिदिने हुँदा उनले स्मार्ट मोबाइल आफ्नो घरमै राखेर हिड़छिन् ।

हेर्नुहोस् भिडियो :

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com