सातै प्रदेशमा आज बजेट पेश गरिने


प्रकाशित मिति : असार १, २०७५ शुक्रबार

मुलुकका सातै प्रदेशले शुक्रबार आ आफ्नो प्रदेसभामा आगामी वर्षका लागी बजेट पेश गर्न लागेका छन् ।

देश संघिय संरचनामा गए सगै सातै प्रदेशले पहिलो पटक बजेट पेश गर्न लागेका हुन् । अन्त्तर सरकारी बित्त व्यबस्थापन ऐनको दफ २१ मा प्रदेशले असार १ गते आआफ्नो प्रदेसशभामा आगामी वर्षको आय र व्ययको अनुमान सहितको बजेट पेस गर्नुपर्ने उल्लेख छ ।

स्थानिय तहले भने असार १० भित्र आगामी वर्षको बजेट आआफ्नो शभामा पेश गर्नुपर्ने छ । सङघीय सरकारले भने गत जेठ १५ गते नै प्रस्तुत गरी छलफलको क्रममा छ । आगामी वर्षको निति तथा कार्यक्रम भने सातै प्रदेशले यस अघिनै प्रदेसशभामा पेस गरिसकेका छन् । राष्टिय प्राकृतिक तथा बित्त आयोगका अनुसार सङघीय सरकारले प्रदेश र स्थानिय तहलाई पठाएको बजेट र आआफ्नो आन्तरिक स्रोतलाई आधारमानी आगामी वर्षका लागि बजेट निर्माण गर्नुपर्ने छ ।

प्रदेस ३ का मुख्य मन्त्री डोरमनी पैडलले अरु प्रदेस जस्तै प्रदेस ३ ले शुक्रबारनै ऐन अनुसार बजेट सार्वजनिक गर्ने बताउनुभयो । उहाँका अनुसार निति तथा कार्यक्रम भने सातै प्रदेसले यसअघिनै गरिसकेका छन् ।

सोही आधारमा शुक्रबार आगामी वर्षका लागी एकै समयमा ३ बजे प्रदेस शभामा बजेट पेस गर्नेछन । सङघिय सरकारले पठाएको अनुदान र आन्तरीक स्रोत परिचालनको आधारमा सातै प्रदेसले बजेट तयार गरेका छन । सङघिय सरकारले बजेट मार्फत प्रदेस तहलाई कुल बजेटको १३ दशमलब ९८ पैतिशत अर्थात १८३ अर्ब ८५ करोड रुपयाँ पठाएको छ ।

सङघिय सरकारले पठाउको बजेट र आआफ्नो आन्तरीक स्रोतलाई आधार मानी प्रदेसले आगामी वर्षको लागि बजेट निर्माण गरि घोषणा गर्न लागिएको पौडेलले बताउनुभयो।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com