पाल्पामा निर्धन उत्थान बैंकद्वारा ब्यवसायिक उन्नत बाख्रापालन तालिम सम्पन्न


प्रकाशित मिति : असार १, २०७५ शुक्रबार

निर्धन उत्थान बैंक लिमिटेडले बैंकका आफना २६ जना ग्राहक सदस्यहरुको सहभागितामा २०७५ जेष्ठ २८ गतेदेखि ३० गतेसम्म पाल्पा जिल्लाको हुँगीमा “ब्यवसायिक उन्नत बाख्रापालन तालिम” सम्पन्न गरेको छ । तालिममा प्रशिक्षकहरु तुलसी काफ्ले, शेर बहादुर राना, लक्ष्मण बि.क., गल्याङ्ग शाखाका प्रमुख ईन्द्रमणि गौतम रहेका थिए ।

कार्यक्रममा रम्भा गाउँपलिका–१ का वडा अध्यक्ष कृष्ण प्रसाद रेग्मीले ३ दिनको तालिमले सबै सदस्य उद्यमी बन्न सफल हुन सक्नु पर्दछ भनी शुभकामना ब्यक्त गरे । एक परिवारमा एक जना उद्यमी बनाउन बैंकले पहल गरी रहेको, बैंकले साढे दुई दशकदेखि निरन्तर लघुवित्त सेवा दिई रहेको यस बैंकबाट कर्जा लिई ब्यवसाय गरी धेरै घरपरिवार आर्थिक समुन्नततिर अगाडि बढेको समेत बैंकका पोखरा क्षेत्रीय कार्यालयका कार्यक्रम अधिकृत महेन्द्र बहादुर कुँवरले बताएका थिए । तालिममा सहभागीहरुलाई स्वागत गर्नुका साथै तालिमको उद्देश्य बारेमा बैंकको गल्याङ्ग शाखाका प्रमुख ईन्द्रमणि गौतमले प्रकाश पारेका थिए ।

तालिमको अन्त्यमा सहभागी माया पाठक, सहभागी मिना पराजुली, सहभागी दिल कुमारी बि.क.ले तालिमको मूल्याकंन गरेका थिए । ब्यवसायिक रुपमा उन्नत बाख्रापालन गरेमा राम्रो फाईदा लिन तालिमले सहयोग गर्ने सहभागीहरुले बताएका थिए । बाख्रापालन गरी रहेका बैंकका ग्राहक सदस्यहरुलाई थप ज्ञान, सीप प्रदान गर्न यस तालिममा सहभागी गराईएको बैंकका शाखा प्रमुख गौतमले जानकारी गराएका थिए । तालिमको समापन बैंकको पोखरा क्षेत्रीय कार्यालयका कार्यक्रम अधिकृत महेन्द्र बहादुर कुँवरले गरेका थिए । तालिमको संचालन शाखा प्रमुख ईन्द्रमणि गौतमले गरेका थिए ।

निर्धन उत्थान बैंक लिमिटेड देशको ७ वटै प्रदेशका ७७ वटै जिल्लाहरुको शाखा संञ्जाल रहेको नेपालको एक मात्र सबै जिल्लामा पुगेको राष्ट्रिय स्तरको लघुवित्त वित्तीय संस्था हो । यस बैंकले ग्राहक सदस्यहरुको आर्थिक, सामाजिक विकासको लागि विभिन्न प्रकारका तालिमहरु समेत प्रदान गर्दै आई रहेको छ । ग्रामीण क्षेत्रमा बसोबास गर्ने शोषित, उत्पिडित, पिछडिएका विपन्न परिवारका महिलाहरुलाई समूहमा आवद्ध गराई बिना धितो लगानी गर्नुका साथै सीपमूलक तालिम, उद्यमशीलता विकास तालिम, वित्तीय साक्षरता तालिम, ब्यवसाय विकास सेवा कार्यक्रम, सचेतनामूलक कार्यक्रमहरु संचालन गर्दै आईरहेको छ । यस बैंकले देशको दुर्गम जिल्लाहरुको कुना कुनामा शाखाहरु स्थापना गरी ग्राहक सदस्यहरुलाई वित्तीय सेवा प्रदान गर्नुका साथसाथै आफना ग्राहक सदस्यहरुलाई विभिन्न प्रकारका तालिमहरु प्रदान गर्दै आईरहेको छ । तालिम लिएका आफना ग्राहक सदस्यहरुको आवश्यकतानुसार लगानी समेत गर्दै आईरहेको छ ।

बैंकले देशको ७ वटै प्रदेशका ७७ वटा जिल्लाहरुमा १७९ वटा शाखा कार्यालय, १० वटा क्षेत्रीय कार्यालय, केन्द्रीय कार्यालय गरी १९० वटा कार्यालयहरुको विशाल संजाल बनाई देशैभरि लघुवित्त सेवा पुर्याइरहेको छ । यसै संञ्जाल मार्फत बैंकले २०७५ बैशाख मसान्तसम्ममा ३ लाख ११ हजार ६९ घरपरिवारहरुमा सेवा पु¥याई रहेको छ, बैंककोे २०७५ बैशाख मसान्तसम्ममा लगानीमा रहेको कर्जा रु. १५ अरब ९ करोड रहेको छ भने ग्राहक सदस्यहरुका ७ अरब ९८ करोड बचत परिचालन गरेको छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com