७७ वटै जिल्लाका एनजीओका पदाधिकारीको सम्पत्ति विवरण पठाउनू – गृह मन्त्रालय


प्रकाशित मिति : जेष्ठ ३१, २०७५ बिहीबार

गृह मन्त्रालयले राष्ट्रिय एवं अन्तर्राष्ट्रिय गैर सरकारी संस्थाका पदाधिकारीहरुको सम्पत्ति विवरण माग्न सुरु गरेको छ ।
बिहीबार मन्त्रालयले ७७ वटै जिल्लाका प्रशासन कार्यालयलाई सम्वन्धित जिल्लाका एनजीओ र आईएनजीओका पदाधिकारीको सम्पत्ति विवरण माग्न निर्देशन दिएको हो ।

गृह स्रोतका अनुसार त्यसरी संकलन गरिएको विवरण गोप्य शिलबन्दी गरेर लिनु पर्ने पत्रमा उल्लेख गरिएको छ । हाललाई एनजीओ र आईएनजीओमा कार्यरत् कर्मचारीहरुको सम्पत्ति विवरण भने पेश गर्नु पर्ने छैन ।

यसअघि गत २४ जेठमा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री थममाया थापाबीच भएको बैठकले एनजिओ र आईएनजिओको गतिविधि निगरानी नहुँदा विकृति बढ्दै गएको निष्कर्षसहित यसको नियमन गर्ने निर्णय गरेको थियो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com