बुवालाई चकलेट ल्याइदिने भन्दै मलेसिया उडे अशोक दर्जी साथमा को को (भिडियो सहित)


प्रकाशित मिति : जेष्ठ ३१, २०७५ बिहीबार

धन बिनाको मन’ गीत गाएर भाइरल बनेका भाइरल व्वाई अशोक दर्जि सांगीतिक प्रस्तुतिका लागि मलेसिया उडे । यो उनको पहिलो विदेश यात्रा हुनेछ ।

Image result for अशोक दर्जी मलेसिया उडे

मलेसियामा रहेका नेपालीहरुको निमन्त्रणा संगीतकार टंक बुढाथोकीसँगै उनी गएका हुन् । त्यहाँ जून १५ देखि १७ सम्मको कार्यक्रम रहेको संगीतकार बुढाथोकीले जानकारी दिए । मलेसियापछि दुवई जाने उनको भनाई छ । दुबईमा २२ तारिखमा कार्यक्रम रहेको छ ।

‘धेरै देशबाट प्रस्तावहरु आइरहेका छन्, अहिलेसम्म मलेसिया र दुबईको सेड्यूल फिक्स्ड भएको छ,’बुढाथोकीले भने ।

दर्जिले गाएको पहिलो गीत यतिबेला यूट्युवमा लोकप्रिय बनिरहेको छ । गीतले अहिलेसम्म ६७ लाख भ्यूज पाइसकेको छ भने २२ हजार प्रतिक्रिया आएका छन् । यही गीतका कारण अशोकको डिमान्ड देश तथा विदेशमा हुन थालेको हो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com