तातोपानी नाका आगामी वर्षदेखि खुल्ने


प्रकाशित मिति : जेष्ठ ३१, २०७५ बिहीबार

नेपाल र चीनको बीचको तातोपानी नाका अर्को वर्षको मे महिनाबाट खुल्ने भएको छ ।

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले आउँदो मेबाट तातोपानी नाका खुल्ने बताए । परराष्ट्र मन्त्रालयमा पत्रकारसँग कुरा गर्दै ज्ञवालीले यसबारे पर्याप्त छलफल भएको बताए ।

नेपालले आफ्नो तर्फको सडक बनाउने काम सकिएपछि चीनले खुलाउने मन्त्रीले बताए । तर, अब तातोपानी नाकाको भन्सार क्लियरेन्स भने न्यालमबाट हुने सम्भावना छ ।

भूकम्पपछि बन्द भएको तातोपानी खुलाउन नेपालले पहल गरिरहेको थियो । अब नाका कार्गोका लागि खुल्नेछ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com