Follow @khasokhasmag

विश्वकप : बिरालाेले गर्‍याे उद्घाटन खेलमा रूसले जित्ने भविष्यवाणी !


प्रकाशित मिति : जेष्ठ ३१, २०७५ बिहीबार

अाजबाट सुरू हुन लागेकाे विश्वकप फुटबलकाे उद्घाटन खेलमा रूसले जित्ने भविष्यवाणी भएकाे छ । ‘एकिलिज’ नामकाे कान नसुन्ने सेताे बिरालोले विश्वकपको उद्घाटन खेलमा अायोजक रुसले जित्ने भविष्यवाणी गरेको हाे।

अाज राति पौने ८:४५ बजे रुस र साउदी अरेबियाले यस विश्वकपकाे पहिलाे खेल खेल्दैछन् । बुधबार बिरालाेमार्फत गराइएकाे भवष्यवाणीमा रूसले जित्ने बताइएकाे हाे । दुर्इ देशका झण्डासहित खानेकुरा राख्दा एकिलिजले रसियाको झन्डा भएको खाना खाएको थियो ।

कान नसुन्ने उक्त बिरालोलार्इ विश्वकपको भविष्यवाणी गर्ने अाधिकारिक जनावरको मान्यता दिइएको छ। यसअघिका केही भविष्यवाणी मेल खाएपछि उक्त बिरालाेलार्इ विश्वकपमा अाधिकारिक भविष्यवाणीका लागि ल्याइएकाे हाे ।

   न्युयोर्क स्टेट, डिपार्टमेन्ट अफ स्टेट, डिभिजन अफ कर्पोरेशन, दर्ता नम्बर: ५२५५२५८

नमस्ते मिडिया इन्क.

न्युयोर्क, अमेरिका

© 2022 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com