Follow @khasokhasmag

श्रीलंकाको नदीमा खसेर नेपाली ‘माउन्टेन बाइकर’ को मृत्यु


प्रकाशित मिति : जेष्ठ ३१, २०७५ बिहीबार

श्रीलंकाको नदीमा खसेर एक नेपाली ‘माउन्टेन बाइकर’ को मृत्यु भएको छ । श्रीलंकामा आयोजना गरिएको इन्टरनेशनल रेश प्रतियोगितामा सहभागी काठमाडौंका नारायणगोपाल महर्जनको बुधबार महावेली नदीमा खसेर मृत्यु भएको हो ।

महर्जनका आफन्तले शव छिटो नेपाल ल्याइदिने पहल गर्न सरकारसमक्ष अनुरोध गरेका छन् । महर्जनका आफन्त हेमन्तलाल श्रेष्ठले अनलाइनखबरसँग भने, उहाँको आर्थिक अवस्था कमजोर छ । आयस्रोत केही पनि छैन । श्रीलंका पठाउँदा पनि चन्दा संकलन गरेर पठायौं । राष्ट्रियस्तरको खेलाडीका लागि सरकारको सहयोगको आशा राखेका छौं ।’

एएफपीले श्रीलंकाको प्रहरीलाई उद्धृत गर्दै राजधानी कोलम्बोबाट २३० किलोमिटरको दूरीमा रहेको कुडा ओया नदीमा खसेर नेपालीको मृत्यु भएको जनाएको छ ।
नजिकैको जलाशयमा राखिएको शवबारे मृतकको परिवारलाई जानकारी दिएपछि मात्रै सार्वजनिक गरिने श्रीलंकाको प्रहरीले जनाएको छ ।

श्रीलंकन एयरलाइन्सले ‘रुम्बल इन जंगल’ नारा दिएर ९ जूनदेखि १५ जूनसम्म अन्तर्राष्ट्रिय रेस प्रतियोगिता आयोजना गरेको थियो । ३९ प्रतियोगी रहेको प्रतियोगितामा नेपालसँगै बेलायत, जर्मन, इटाली र स्विजरल्यान्डका बाइक राइडर सहभागी थिए ।

महर्जनको मृत्यु भएपछि प्रतियोगिता स्थगित गरिएकाे छ । आयोजकले एक विज्ञप्ति जारी गर्दै स्थगनकाे घोषणा गरेको हाे ।

   न्युयोर्क स्टेट, डिपार्टमेन्ट अफ स्टेट, डिभिजन अफ कर्पोरेशन, दर्ता नम्बर: ५२५५२५८

नमस्ते मिडिया इन्क.

न्युयोर्क, अमेरिका

© 2022 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com