पुननिर्माणपछि यस्तो बन्यो भूकम्पबाट भत्किएको बौद्धनाथ


प्रकाशित मिति : कार्तिक १९, २०७३ शुक्रबार

– निश्चल अमात्य 

भूकम्पबाट भत्किएको बौद्धनाथ स्तूपाको पुननिर्माण कार्य सम्पन्न भएको छ । बौद्धनाथ क्षेत्र विकास समितिको संयोजन, पुरातत्व विभागको प्राविधिक सहयोग, विभिन्न संघसंस्था तथा निकायको आर्थिक सहयोगमा स्तूपाको निर्माण गरिएको हो ।

गतवर्ष भूकम्पले भत्किएको यो स्तूपा सबैभन्दा छिटो जीर्णोद्धार भएकोे विश्व सम्पदामा सूचीकृत सम्पदा हो । गतवर्ष जेठ महिनामा सुरु गरिएको पुनःनिर्माण कार्य सत्र महिनामा सम्पन्न भएको छ ।

बौद्धनाथ क्षेत्र विकास समितिका अध्यक्ष सम्पूर्णकुमार लामाका अनुसार जीर्णोद्धारमा २२ करोड रुपियाँ खर्च भएको छ । भारत काँगडास्थित पल्पुङ मोनाष्ट्रीका ताइ सितुपा रिम्पोछेबाट ३० किलो सुन उपलब्ध भएपछि जीर्णोद्धार कार्य सहज भएको थियो । जीर्णोद्धारमा करिब ६० लाख रुपियाँबराबरको जनश्रमदानसमेत भएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

जीर्णोद्धार सम्पन्न भएलगत्तै स्तूपको गजुर क्षेत्रमा रहेको १९ वटा सिलबन्दी बाकसलाई गजुर क्षेत्रमै साविक अवस्थामा राखिएको छ । जीर्णोद्धारका क्रममा यी बाकसलाई गजुर क्षेत्रबाट झिकेर बौद्ध घ्याङ गुठीमा राखिएको थियो । यी बाकसमा के छन् भन्ने कुरा खुल्न सकेको छैन । बौद्ध धर्मावलम्बीले यी बाकस खोल्न हुन्न भन्ने आवाज उठाएपछि ती बाकसलाई गजुर क्षेत्रमा राखिएको हो । सिलबन्दी बाकस तिब्बती कलाशैलीमा निर्मित छन् भने कुनै साधारणखाले ट्याङका छन् ।

गजुर र यसभन्दा तलको त्रयोदस भुवन भनिने धातु रहेको स्थानमा ३० किलो सुनको मोलम्बा लगाइएको अध्यक्ष लामाले जानकारी दिनुभएको छ । मङ्सिर ३ गते विशेष उत्सवका साथ पूजा अर्चना गरिएपछि स्तूप सर्वसाधारणका लागि खुला गरिने जनाइएको छ । बौद्ध घ्याङ गुठी, स्थानीय युवा क्लब र बौद्धमार्गीले जीर्णोद्धारमा महवपूर्ण भूमिका निर्वाह गरेका थिए ।

फोटो : निश्चल अमात्य
फोटो : निश्चल अमात्य
फोटो : निश्चल अमात्य
फोटो : निश्चल अमात्य
फोटो : निश्चल अमात्य
फोटो : निश्चल अमात्य
फोटो : निश्चल अमात्य
फोटो : निश्चल अमात्य
फोटो : निश्चल अमात्य
फोटो : निश्चल अमात्य

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com