आज विश्व रक्तदाता दिवस : १८ देखि ६५ वर्ष उमेरसम्मका स्वस्थ व्यक्तिको रगत-बिरामीका लागि उपयोगी


प्रकाशित मिति : जेष्ठ ३१, २०७५ बिहीबार

आज विश्व रक्तदाता दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ। रक्तदानको महत्त्वबारे जनचेतना फैलाउन र मानव जीवन बचाउने रक्तदाताहरुको योगदानप्रति धन्यवाद व्यक्त गर्न हरेक वर्ष जुन १४ तारिखका दिन यो दिवस मनाउन गरिन्छ ।

मानव शरीरमा हुने रगतको समूह (ब्लड ग्रुप) पत्ता लगाउने वैज्ञानिक कार्ल ल्याण्डस्टिनरको जन्म दिनको अवसर पारेर सन् २००४ देखि विश्व रक्तदाता दिवस मनाउन थालिएको हो। यसवर्ष ’अरुका लागि पनि सेवाभाव जगाऊँ रक्तदान गरौँ जीवन बाडौँ’ भन्ने नाराका साथ संसारभर यो दिवस मनाइँदैछ ।

मानव शरीरमा औसत ५ दशमलब ५ लिटर रगत हुन्छ। शरीरको वजनको करिब सात प्रतिशत भाग रगत रहेको हुन्छ । रगतमा प्लाज्मा ५४ दशमलव ३ प्रतिशत, रातो रक्तकोष ४५ प्रतिशत र सेतो रक्तकोष शून्य दशमलब ७ प्रतिशत रहेको हुन्छ।

सामान्य अवस्थाको एक स्वस्थ मानिसले हरेक तीन महिनामा रक्तदान गर्दा शरीरमा कुनै हानीनोक्सान नहुने चिकित्सकहरु बताउँछन ्। सामान्यतया १८ देखि ६५ वर्ष उमेरसम्मका स्वस्थ व्यक्तिको रगत बिरामीका लागि उपयोगी हुने चिकित्सकहरु बताउँछन्।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com