फुटबलको महाकुम्भ विश्वकप अाजदेखि


प्रकाशित मिति : जेष्ठ ३१, २०७५ बिहीबार

आयोजक रुस र साउदीअरेबियाबीचको खेल आज राति पौने ९ बजे सु?भएसँगै २१औं संस्करणको फिफा विश्वकपको पर्दा उघ्रिदैछ।

प्रतियोगितामा २१० फिफा सदस्य राष्ट्रह?बाट छनोट भएका उत्कृष्ट ३२ टोलीह?ले सहभागिता जनाउँदैछन्। पानामा र आइसल्याण्डको यसविश्वकपमा डेब्यू हुदैँछ। प्रतियोगिता जुलाई १५ सम्म चल्नेछ।

सन् १९३० जुलाई १३ देखि ३० जुलाईसम्म उ?ग्वेमा भएको पहिलो विश्वकपको उपाधि उ?ग्वेले जितेको थियो। त्यसयता २१औँ संस्करणमा आइपुग्दा केवल ८ वटा देशले मात्रै उपाधि जित्न सकेका छन्। यसमा ब्राजिलले अहिलेसम्म सबैभन्दा बढी पाँच पटक विश्वकपको उपाधि जितेको छ। जर्मनीले र इटालीले चार चार पटक, अर्जेन्टिना र उ?ग्वेले दुई पटक विश्वकप र फ्रान्स, इङल्याण्ड र स्पेनले एक एक पटक विश्वकपको उपाधि हात पारेका छन्।

८० हजार भन्दा बढी क्षमता रहेको ?सको मुख्य लुजनिकी स्टेडियममा उद्घाटन समारोह र उद्घाटन खेल हुनेछ।

नेपाली समायानुसार साझँ सवा ८ बजेदेखि सु? हुने उद्घाटन समारोह ब्रिटेनका गायक रोबी विलियम्सको विशेष प्रस्तुती रहनेछ। उनलाई रसियाकी गायिका सोप्रानो अइडा गारिफुलिनाले साथ दिने भएकी छिन्। यस्तै दुई पटकका विश्वकप विजेता ब्राजिलका रोनाल्डोको पनि विशेष प्रस्तुती हुने फिफाले जनाएको छ।

यस विश्वकपको मुख्य उपाधि दाबेदार टोलीमा ब्राजिल, जर्मनी, अर्जेन्टीना, फ्रान्स र स्पेन रहेका छन्। कप्तान नेमार र प्रशिक्षक टिटेलाई ब्राजिललाई छैटौं पटक विश्वकप जिताउने मौका छ। विश्वकपअघिका क्रोएसिया र अस्ट्रियावि?द्धको मैत्रीपूर्ण खेल जित्दा नेमारले गोल गर्दै आफ्नो लय देखाइसकेका छन् ।

जर्मनी अघिल्लो विश्वकप विजेता टोली हो। उसले पछिल्ला चार विश्वकपमा हरेकपल्ट कम्तीमा सेमिफाइनल यात्रा तय गरेको छ। २०१० को च्याम्पियन स्पेनलाई २०१४ को कमजोर प्रदर्शन विर्सदै नयाँ इतिहास कोर्ने मौका छ।

यता, अर्जेन्टिना अघिल्लो संस्करणको उपविजेता टोली हो। टोलीका लिओनल मेस्सी, जिओभानी लो सेल्सो, गोन्जालो हिगुइन, सर्जियो अगुइरो, पाउलो डिबाला र एन्जेल डी मारिया जस्ता विश्वकप उचाल्न आतुर छन्।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com