Follow @khasokhasmag

मूल्यवृद्धि विरुद्ध नेविसंघको प्रदर्शन


प्रकाशित मिति : जेष्ठ ३१, २०७५ बिहीबार

पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ता लिन माग गर्दै नेपाल विद्यार्थी संघ भक्तपुरले आज मूल्य बृद्धिको विरोधमा प्रर्दशन गरेको छ । मध्यपुर थिमि नगरपालिका–३ गठ्ठाघरबाट सुरु भएको बिरोध प्रर्दशनमा नेबिसंघ भक्तपुरका नेता सुदिन श्रेष्ठ सहितको विद्यार्थी टोलील बिरोध प्रदर्शन गरेको हो ।

गठ्ठाघरबाट सुरु भएको र्याली थिमिसम्म पुगेर कोणसभामा परिणत भएको थियो । पेट्रोलियम पद्धार्थमा भएको मूल्यवृद्धिसंगै ढुवानीमा मूल्य बढेर सर्वसाधारण माथि प्रत्यक्ष असर पुगेको भन्दै मूल्य बृद्धि फिर्ता गर्न माग गरेको हो ।

   न्युयोर्क स्टेट, डिपार्टमेन्ट अफ स्टेट, डिभिजन अफ कर्पोरेशन, दर्ता नम्बर: ५२५५२५८

नमस्ते मिडिया इन्क.

न्युयोर्क, अमेरिका

© 2022 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com