अर्घाखाँचीमा जीप दुर्घटना : ११ जना घाइते, ५ को अवस्था गम्भीर


प्रकाशित मिति : जेष्ठ ३०, २०७५ बुधबार

अर्घाखाँचीको सितगंगा नगरपालिकामा बुधबार जीप दुर्घटना हुँदा ११ जना घाईते भएका छन् ।

ठाडा अमराईबाट जुकेना हुँदै धनचौरतिर जाँदै गरेको लु १ ज १७६७ नम्बरको जीप वडा नं ५ जुकेना बंसेरीमा दुर्घटना भएको हो ।

दुर्घटनामा अर्घाखाँची मालारानी ७ का जीप चालक ३७ वर्षीय कमल जिसी, भूमिकास्थान नगरपालिका १० की ४० वर्षीया धनिकला पुन, त्यसै ठाउँका १० वर्षीय रेसम गैरे, ४४ वर्षीय केशव पुन, ५५ वर्षीया सरस्वता गैरे, १२ वर्षीय रेशम गैरे घाईते भएका हुन् ।

त्यस्तै अन्य घाइतेहरुमा रूकुम त्रिवेणी गाँउपालिका -८, का २८ वर्षीय टेकम खड्का, काठमाडाैं नागार्जुनका नगरपालिकाका ३२ वर्षीय दिपक बस्नेत, अर्घाखाँची सितगंगा -६, का ६४ वर्षीय दितलबहादुर नेपाली, ६२ वर्षीया जुनकला नेपाली, २२ वर्षीया समिता जिसी घाइते भएका छन ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

घाइतेहरुमध्ये ५ जनाको अवस्था गम्भीर रहेकाले थप उपचारका लागि बुटवल पठाइएको इलाका प्रहरी कार्यालय ठाडाले बताएको छ ।

अन्यको स्थानीय मेडिकलमा उपचार भैरहेको प्रहरीले जनाएको छ । जीपमा १२ जना सवार रहेको बताइएको छ ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com