भीएलएन सञ्चालकलाई अदालतले धरौटीमा छाड्यो, प्रहरीले फेरि समात्यो


प्रकाशित मिति : जेष्ठ ३०, २०७५ बुधबार

वैदेशिक रोजगारीका लागि मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षणमा ठगी गरेको आरोपमा पक्राउ परेका भीएलएनका सञ्चालक राम श्रेष्ठलाई जिल्ला अदालत काठमाडौंले १० लाख धरौटीमा छाडेको छ । तर, प्रहरीले फेरि पक्राउ गरेको छ ।

बुधबार जिल्ला अदालत, काठमाडौंका न्यायाधीश अमर बस्नेतको इजलानसले १० लाख धरौटीमका छाड्न आदेश दिएको थियो ।

धरौटी बुझाएर छुटे लगत्तै उनीलाई प्रहरीले पुनः पक्राउ गरेको छ ।

काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी विश्वराज पोखरेलले जिल्ला प्रहरी कार्यालय, ललितपुरमा उनी सम्बन्धित अर्को उजुरी अनुसन्धानको क्रममा भएकाले पक्राउ गरिएको बताए । ‘ललितपुर प्रहरीबाट आएको पत्र अनुरुप उनलाई ललितपुर प्रहरी समक्ष बुझाइनेछ’, थापाले भने ।

प्रहरीले गत ७ जेठमा भीएलएनको कार्यालयमा छापा मारेर सञ्चालक श्रेष्ठलाई पक्राउ गरेको थियो ।

अनुसन्धानपछि सरकारी वकिलको कार्यालयले २ अर्ब ८६ करोड १५ लाख रुपैयाँ बिगो दाबी गर्दै मुद्दा दायर गरेको थियो ।

वाइड स्पेस म्यानपावरका सञ्चालक श्रेष्ठ हारभेष्ट मुन ट्राभलका सञ्चालक पनि हुन् । श्रेष्ठले भिसा स्ट्याम्पिङका लागि भीएलएन खडा गरेर ३२ सय रुपैयाँ असुल्दै आएका थिए । उनको यो धन्दा २०७० कात्तिकदेखि चलिरहेको थियो । ७ सय रुपैयाँमा हुने कामका लागि उनले ३२ सय असुल्दा कामदार मर्कामा परेका थिए ।

उनले पनि २०७३ असोजबाट वान स्टप सेन्टरका नाममा पनि कामदारमाथि आर्थिक भार थपे । महाराजगञ्जमा राहदानी संकलन गरी सानेपा पुर्‍याउँदा २८ सय रुपैयाँ लिने अर्को धन्दा उनले चलाएका थिए ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com