वैचारिक राजनीतिक नेतृत्व नयाँ शक्तिले नै गरिसकेको छ :डा भट्टराई


प्रकाशित मिति : जेष्ठ ३०, २०७५ बुधबार

नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले वर्तमान नेपालको वैचारिक राजनीतिक नेतृत्व नयाँ शक्तिले गरिसकेको बताउनु भएको छ । नयाँ शक्ति पार्टी नेपालको तेस्रो स्थापना दिवस तथा राष्ट्रिय युवा अभियानको विशेष संघीय भेलाको उद्घाटन गर्दै डा भट्टराईले उक्त कुरा बताउनु भएको हो ।

डा भट्टराईले हिमाल, पडाड, तराई विभिन्न जाति, भाषा, धर्म र संस्कृतिलाई समृद्धि बनाउँदै नयाँ विचारको नेतृत्व गर्नसक्दा मात्रै मुलुकको आर्थिक विकास र समृद्धि सम्भव हुने भएकाले पूराना पार्टी र तिनको नेतृत्वबाट युग अनुसारको नेतृत्व हुन नसक्ने दावी गर्दै हाम्रै नेतृत्वमा र हाम्रै जीवनकालमा नयाँ शक्तिले नै नयाँ युगको नेतृत्व गर्ने बताउनुभयो ।

नेपाल असाध्यै गरीबीको अवस्थामा पुग्नुको मुख्य कारण भ्रष्टाचार नै रहेको बताउँदै भ्रष्टाचारको दलदलमा फसेको मुलुकलाई त्यहाँबाट निकाल्न आवश्यक रहेकोमा जोड दिनुभयो । उहाँले राजनीतिकरुपमा तेस्रो ध्रुवको नेतृत्व गर्दै नयाँ शक्ति पार्टीले नै युवा र प्रौढको टिम मिलाएर आर्थिक विकास र समृद्धिको सगरमाथा चढ्ने विश्वास व्यक्त गर्नुभयो । अर्को एक प्रसङमा बोल्दै डा।

भट्टराईले पूर्वमाओवादी अध्यक्ष प्रचण्डले माओवादी जनयुद्ध, सहिद, बेपत्ता, घाइते परिवारलाई धोका दिएको बताउनुभयो । उहाँले संविधानसभाबाट संविधान निर्माण भएसँगै आर्थिक विकास र समृद्धिको नेतृत्व नयाँ ढंगले गरौं भन्दा प्रचण्डले अस्वीकार गरेको स्मरण गर्नुभयो ।

संयोजक भट्टराईले ‘सिंगो माओवादी पार्टीलाई प्रचण्डले कसरी एमालेको विचारविहिन समुद्रभित्र होमिदिए’ भनेर रोचक ढंगले व्याख्या गर्नुभयो । ‘माओवादी आन्दोलनलाई मैले धोका दिएँ कि प्रचण्डले रु,’ संयोजक भट्टराईले प्रश्न गर्दै भन्नुभयो, ‘मैले माओवादीले एउटा अभिभारा पूरा गर्यो, अब नेपाली समाजको नयाँ आवश्यकता पूरा गर्न रुपान्तरण हुनुपर्छ भनेँ ।

प्रचण्डजीले ह्यामलिनको पाइपपाइपरले जस्तै सिंगो माओवादीलाई एमालेमा लगेर मिसाइदिनुभयो ।’ उहाँले मुसाले असाध्यै दुःख दिएपछि प्राचीन शहर ह्यामलिनमा एक पाइपपाइपर सुमधुर संगीतबाट लट्ठ बनाएर शहरका सबै मुसालाई समुद्रमा डुबाइदिएको प्रसंगलाई भट्टराईले प्रचण्डसँग तुलना गर्नु भएको हो । सम्बोधनकै क्रममा डा भट्टराईले मदन भण्डारीको निधनपछिल एमाले आफैं विचारविहिन अवस्थमा पुगेको बताउनुभयो ।

त्यही एमाले र माओवादीको एकतापछि बनेको नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० लाई सुन्निएर मोटाएको शक्तिको रुपमा चित्रित गर्नुभयो ।

बिपी कोइरालाको निधनपछि नेपाली कांग्रेस पनि विचारविहिन बनेर अँध्यारोमा छामछुम गर्दै अलमलिइरहेको उहाँको तर्क थियो । नयाँ शक्तिले परम्परागत पुँजीवाद र राज्य समाजवादबाट माथि उठेको समुन्नत समाजवादको बाटो विचार अगाडि सारेको भट्टराईले दावी गर्नुभयो ।

उनले वैकल्पिक शक्ति भन्ने पार्टीहरुलाई पनि एउटै वैकल्पिक केन्द्रमा गोलबद्ध हुन आह्वान गर्नुभयो । विश्वभरी दक्षिणपन्थी र प्रतिगामी वैकल्पिक शक्तिको पनि लहर चलिरहेको भन्दै उहाँले नयाँ शक्तिलाई आधुनिक युग सुहाउँदो प्रगतिशील वैकल्पिक शक्तिको रुपमा चित्रित गर्नुभयो ।

नयाँ शक्तिले रुपान्तरणकारी ध्रुवको राजनीति गरिरहेको भन्दै सत्ता स्वार्थमा आधारित अवसरवादी ध्रुवबाट मुलुकले निकास नपाउने संयोजक भट्टराईको तर्क थियो । ‘हामीले वैचारिक राजनीतिक ढंगले मुलुकको नेतृत्व गरिसकेका छौं,’ उहाँले भन्नुभयो, ‘अब यो राजनीतिक शक्तिलाई संगठनात्मक शक्तिमा रुपान्तरण गर्दै जनताबीच झांगिएर मुलुकको नेतृत्व गर्छौं ।’ सम्बोधनको क्रममा संयोजक भट्टराईले पुरानो शक्तिले समृद्धिको दावी गर्नुलाई बाँदरले दारी काटेको कथासँग तुलना गर्नुभयो ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com