मेसी र अर्जेन्टिनाको समर्थनमा मोटरसाइकल र्‍याली


प्रकाशित मिति : जेष्ठ ३०, २०७५ बुधबार

विश्वकप २०१८ भोलि अर्थात बिहीबारबाट शुरु हुँदै छ । अहिले विश्वभरका खेलप्रेमीमाझ विश्वकपको रौनक बढेको छ ।
नेपालमा पनि विश्वकपको माहोल तातीरहेको छ ।

फुटब प्रेमीहरु आफूले समर्थन गरेको जर्सी लगाए हिड्न थालेका छन् । यसैक्रममा फुटबल प्रेमीहरुले धादिङमा र्‍याली नै निकालेका छन् । धादिङका फुपटबल प्रेमीहरुले अर्जेन्टिना जर्सी लगाएर मोटरसाइकल र्‍याली निकालेका छन् ।

उनीहरुले मेसीको टिम अर्जेन्टिनालाई समर्थन गर्दै मोटरसाइकल र्‍याली निकालेका हुन् ।मंगलबार साँझ ५ बजे ससाहबाटबाट शुरु भएको र्‍याली पुच्छार बजार बिच बजार हुँदै शहर परिक्रमा गरेको अर्जेन्टिनाका समर्थक अर्जुन कमार श्रेष्ठले बताए । र्यालीमा समर्थकहरुले अर्जेन्टिनाले विश्वकप जित्ने दाबी गरेका थिए ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com