बाजेको सेकुवामा सुन तस्करी अनुसन्धान समितिको छापा


प्रकाशित मिति : जेष्ठ ३०, २०७५ बुधबार

तीन हजार ८ सय केजी सुन तस्करी तथा सनम शाक्य हत्याको अनुसन्धान गरिरहेको सरकारी समितिले प्रतिवादी चेतनाथ भण्डारी सञ्चालक रहेको बाजेको सेकुवामा छापा मारेको छ।

नक्साल, गैरीधारास्थित शाखामा समितिले बुधबार छापा मारेको हो। गत चैतमा सुन तस्करीकाे अनुसन्धान समितिले काम थालेपछि भण्डारी फरार भएका छन्।

सरकारी अधिकारीहरुले संगठित अपराध निवारण ऐन २०७० अनुसार मोरङ जिल्ला अदालतको आदेशमा बाजेको सेकुवा कर्नरमा छापा मारेको समितिका एक सदस्यले जानकारी दिए। समितीले प्रतिवादी भण्डारीको पूर्ण स्वामित्वमा रहेका ५ र उनका नातेदार सञ्चालक रहेको १ गरी ललितपुर र काठमाडौंमा रहेका ६ स्थानमा छापा मारेर शिलबन्दी गरेको हो।

ऐनअनुसार संगठित अपराधका आरोपीले अपराध गरेर कमाएको घन शुद्धीकरणका लागि व्यवसायमा मिसाएको हुनसक्ने आशंकामा छानबिनको अधिकार दिएको छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

नेपाल र विदेशमा समेत शाखा विस्तार गरेको बाजेको सेकुवा कर्नर काठमाडौं र ललितपुरमा पनि शाखा छन्। बुवा दिनानाथ भण्डारीले बाजेको सेकुवा ब्रान्डलाइ लोप्रिय बनाएका थिए। सुन तस्करमीमा मुछिएका चेतनाथ उनका अाफ्नै छाेरा हुन्। अष्ट्रेलिया पढेर फर्किएपछि चेतनाथले बुवाकाे व्यवसाय सम्हालेका थिए।

सुन तस्करीमा संलग्न भएको पाइएपछि समितिले भण्डारीको सम्पत्ति र बैंक खाता यसअघि नै रोक्का गरिसकेको छ। सुन तस्करी गिरोहका नाइके चुणामणि उप्रेतीमार्फत भन्डारीले लगानी गरेको अनुसन्धानबाट खुलेको थियो। उप्रेती र भण्डारी नातेदार पनि हुन्।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com